सुर्यगढी गाउपालिकामा सामुदायिक मेलमिलाप केन्द्रको उद्धघाटन

विदुर खबर २०७५ असोज १६ गते १४:२६

नुवाकोट असोज १६, समाजमा हुने गरेको सामान्य फौजदारी बाहेक देवानी प्रकृतीका बिबादलाई स्थानीयस्तरमा नै मेलमिलाप गराउने उद्धेश्यले नुवाकोटका सुर्यगढी गाउपालिका वडा नम्बर ३ मा सामुदायिक मेलमिलाप केन्द्रको उद्घाटन गरिएको छ ।

Advertisement

केन्द्रको उद्घाटन समारोहमा सुर्यगढी गाउपालिका वडा नम्बर ३ का वडा अध्यक्ष ऋषीबहादुर पौडेलले स्थानीयस्तरमा हुने गरेको सामान्य बिबादको दुबै पक्षलाई जितजितको आभास हुने गरी केन्द्रबाट तालिमप्राप्त मेलमिलापकर्ताहरुले प्रभाबकारी काम गर्न आग्रह गर्नुभएको छ । सुर्यगढी गाउपालिका वडा नम्बर ३ का वडा अध्यक्ष तथा न्यायिक समितीको सदस्य समेत रहनुभएका पौडेलले सामुदायिक मेलमिलापले गर्ने कार्यलाई आबश्यक आर्थिक तथा प्राबिधिक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले नेपालीहरुको महान् पर्व दशै नजिकिएसँगै समाजमा जुवातास खेल्ने, मद्यपान सेवन गरी घरायसी बिबाद मच्चाउने लगायतको घटनाहरु घट्ने भएकाले मेलमिलापकर्ताहरु बिबादलाई जरैदेखि उखाल्नको निम्ती सदैब तत्पर भएर लाग्नुपर्ने बताउनुभएको छ ।

प्राकृतिक सा्रेत द्धन्द्ध रुपान्तरण केन्द्र नुवाकोटको आयोजना, दि एसिया फाउन्डेशनको सहयोग र सुर्यगाढी गाउपालिका वडा नम्बर ३ को समन्वयनमा भएको मेलमिलाप केन्द्रको उद्घाटन कार्यक्रममा सुर्यगढी गाउपालिका वडा नम्बर ३ का वडा सदस्य प्रकाश अधिकारीले वडास्तरबाट सामुदायिक मेलमिलाप केन्द्रमा दर्ता भएका बिबाद मिलान गराउन सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । उहाँले मानबको उत्पतिकाल देखि नै बिबाद हुदै आएको भन्दै अहिले पनि गाउघरमा घाँस काटेको, कुलो बनाएको, गाईबस्तु चराएको लगायतको सानो बिषयलाई लिएर पनि झैझगडा गर्ने घटनालार्ई स्थानीय स्तरमा नै मेलमिलाप गराउन सामुदायिक मेलमिलापको केन्द्र भूमिका महत्बपूर्ण हुने बिश्वाास लिएको बताउनुभएको छ ।

Advertisement

यस्तै, कार्यक्रममा सामुदायिक मेलमिलाप केन्द्रका जिल्ला संयोजक सिताराम पौडेलले स्थानीयस्तरमा भएको तालिमप्राप्त मेलमिलापकर्ताको माध्यमबाट बिबादित दुबै पक्षको जितजितमा आधारीत रहेर बिवाद समाधान गर्ने गरेको बताउनुभएको छ । देश संघीय संरचनामा गएसँगै नुवाकोटमा रहेका ८८ वटा वडा मध्ये अब १९ वटा वडामा मात्र सामुदायिक मेलमिलाप गठन गर्न बाँकी रहेको जानकारी गराउदै जिल्ला संयोजक पौडेलले आर्थिक रुपमा कमजोर र पहुँच नभएर बिबादमा परेका नागरिकहरुको लागी केन्द्रले गर्ने गरेको कार्य बरदान नै साबित भएको बताउनुभएको छ । उहाँले सामान्य देवानी प्रकृतिका बिबादलाई पनि स्थानीय तह, जिल्ला प्रहरी कार्यालय हुदै अदालतसम्म पुग्नुपर्दा कतिपय बिबादका घटनाले न्यायको अनुभूति समेत गर्न नपाउने भन्दै केन्द्र मार्फत गराउने मिलानले बिबादमा परी फाटिएको मनलाई सिलाएर समाजमा भाईचारा कायम राख्न केन्द्रले गर्ने काम प्रभाबकारी भएको बताउनुभएको छ ।

कार्यक्रममा सामुदायिक मेलमिलाप केन्द्र मार्फत देवानी प्रकृतिका बिबादलाई सहजै रुपमा समाधान गरी बिबाद रहित समाजको निर्माण गर्न प्रतिबद्ध रहेको सुर्यगढी गाउपालिका वडा नम्बर ३ मा रहेको सामुदायिक मेलमिलाप केन्द्रका संयोजक हरिनारायण तामाङले बताउनुभएको छ । नुवाकोटमा सहित अन्य ६ जिल्लामा सञ्चालनमा रहेको सामुदायिक मेलममिलाप केन्द्रले देवानी प्रकृतिका बिबादलाई स्थानीयस्तरमा मै समाधान गर्दा न्याय पाउने झन्झटिलो प्रक्रियाको अन्त्य भएको छ । पछिल्लोे समय मेलमिलाप केन्द्रले बिबाद समाधानको क्षेत्रमा नुवाकोटमा गर्दै आएको काम प्रभाबकारी बन्दै गएको सरोकारवालाहरुले बताएका छन् ।

Advertisement

प्रतिक्रिया