माल्टा पठाईदिन्छु भन्दै ठगी गर्ने धादिङकी बिमला गुरूङ पक्राउ

विदुर खबर २०८१ वैशाख २६ गते ११:४१

नुवाकोट । आकर्षक तलबको प्रलोभन देखाई माल्टा पठाईदिन्छु भनेर ठगी गर्ने धादिङकी एक महिला पक्राउ परेकी छिन् ।

Advertisement

पक्राउ पर्नेमा धादिङको ज्वालामुखी गाउँपालिका घर भई काठमाडौं महानगरपालिका-१५ स्वयम्भू बस्ने ४६ वर्षीया बिमला गुरूङ रहेकी छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले बिमलालाई काठमाडौं स्वयम्भूबाट पक्राउ गरेको हो । बिमलाले माल्टा पठाईदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख रूपैयाँ ठगी गरेको खुल्न आएको छ ।

Advertisement

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया