छक्का पञ्जाको दशैं गीत

घटस्थापनाको दिन रिलिज हुने फिल्म छक्का पञ्जा ३ ले दशैं गीतको जिंगल बनाएको छ। फिल्मको हिट गीत पहिलो नम्बरमाकै संगीतमा दशैं गीत तयार पारेका हुन्।
प्रमोसनल गीतका रूपमा तयार पारिएको १ मिनेटको गीतका रूपमा फनफनी घुमेको रोटे पिङ छक्का पञ्जा ३ घटस्थापनाकै दिन तयार पारेको हो। यसमा डेबिड शंकरको स्वर रहेको छ भने दीपाश्री निरौला, केदार घिमिरे, दीपकराज गिरी र जितु नेपालले ¥याप हानेका छन्।
‘यसपटक पनि हामीले आप्mनै फिल्मको हिट नम्बरलाई लिएर दशैं गीत बनाएका छौं। यसमा हामीले आफँलाई नयाँ रूपमा प्रस्तुत गरेका छौं’, निर्देशक दीपाश्री निरौला भन्छिन्– ‘अघिल्लो फिल्ममा हामीले कन्टेनलाई हाइड गरेका थियौं। यसपटक ट्रेलर र पोस्टरमार्फत त्यसलाई अगाडि ल्याएका छौं।’
त्यसै गरी दीपकराज गिरीले अघिल्लो सिरिजमा संवादमै निर्भर भएको भनिएकाले यसपटक हामीले ट्रेलरमा कन्टेन अगाडि ल्याएको बताए। जितु नेपालले फिल्ममा आफँलाई स्कुल टिचरका रूपमा देखिने बताए। फिल्ममा दीपकराज गिरी, दीपिका प्रसाईं, जितु नेपाल, केदार घिमिरे, सन्जोग कोइराला, प्रियंका कार्की, वर्षा राउत, स्वस्तिमा खड्का, बुद्धि तामाङ, शिशिर राणा, शिशिर वाग्देल, लक्ष्मी गिरी, शारदा गिरी, वसन्त भट्टलगायतले अभिनय गरेका छन्। फिल्ममा कथा दीपकराज गिरीको रहेको छ भने संवाद दीपकसँगै केदार घिमिरे, जितु नेपाल र यमन श्रेष्ठले लेखेका छन्।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












लुम्बिनी बिकास बैंक बट्टारकाे सुलक्षणा माविका विद्यार्थीहरूलाई शैक्षिक सामग्री
प्रेस स्वतन्त्रताको हनन कसैले पनि गर्न सक्दैन : सञ्चारमन्त्री तिमिल्सिना
हिरारत्न हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
अजिंगरे माबिबाट वडा कार्यालय जोड्ने सडकको कालोपत्रे सम्पन्न
मूल्यवृद्धिको मार खेप्दा पनि धादिङको कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न





प्रतिक्रिया