छक्का पञ्जाको दशैं गीत

विदुर खबर २०७५ असोज १६ गते ११:५३

Advertisement

घटस्थापनाको दिन रिलिज हुने फिल्म छक्का पञ्जा ३ ले दशैं गीतको जिंगल बनाएको छ। फिल्मको हिट गीत पहिलो नम्बरमाकै संगीतमा दशैं गीत तयार पारेका हुन्।

प्रमोसनल गीतका रूपमा तयार पारिएको १ मिनेटको गीतका रूपमा फनफनी घुमेको रोटे पिङ छक्का पञ्जा ३ घटस्थापनाकै दिन तयार पारेको हो। यसमा डेबिड शंकरको स्वर रहेको छ भने दीपाश्री निरौला, केदार घिमिरे, दीपकराज गिरी र जितु नेपालले ¥याप हानेका छन्।
‘यसपटक पनि हामीले आप्mनै फिल्मको हिट नम्बरलाई लिएर दशैं गीत बनाएका छौं। यसमा हामीले आफँलाई नयाँ रूपमा प्रस्तुत गरेका छौं’, निर्देशक दीपाश्री निरौला भन्छिन्– ‘अघिल्लो फिल्ममा हामीले कन्टेनलाई हाइड गरेका थियौं। यसपटक ट्रेलर र पोस्टरमार्फत त्यसलाई अगाडि ल्याएका छौं।’

Advertisement

त्यसै गरी दीपकराज गिरीले अघिल्लो सिरिजमा संवादमै निर्भर भएको भनिएकाले यसपटक हामीले ट्रेलरमा कन्टेन अगाडि ल्याएको बताए। जितु नेपालले फिल्ममा आफँलाई स्कुल टिचरका रूपमा देखिने बताए। फिल्ममा दीपकराज गिरी, दीपिका प्रसाईं, जितु नेपाल, केदार घिमिरे, सन्जोग कोइराला, प्रियंका कार्की, वर्षा राउत, स्वस्तिमा खड्का, बुद्धि तामाङ, शिशिर राणा, शिशिर वाग्देल, लक्ष्मी गिरी, शारदा गिरी, वसन्त भट्टलगायतले अभिनय गरेका छन्। फिल्ममा कथा दीपकराज गिरीको रहेको छ भने संवाद दीपकसँगै केदार घिमिरे, जितु नेपाल र यमन श्रेष्ठले लेखेका छन्।

प्रतिक्रिया