नुवाकोटको हाम्रो विकास बैंकले ज्योतिसँग विलय हुने प्रस्ताव कात्तिक ११ गते टुङ्गो लगाउने

विदुर खबर २०७५ असोज १६ गते ११:१२

नुवाकोट असोज १६, नुवाकोटको हाम्रो विकास बैंक लिमिटेड (HAMRO) ले आगामी कात्तिक ११ गते दशौं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको असोज १५ गते सम्पन्न सञ्चालक समितिको १९५ औं बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

Advertisement

बैंकको दशौं बार्षिक साधारण सभाले ज्योति विकास बैंकमा विलय (समाहित) हुने प्रस्ताव उपर छलफल गरि पारित गर्दैछ ।ज्योति विकास बैंकले गत असार ३१ गते हाम्रो विकास बैंकलाई खरिद गर्ने सम्झौता गरेको थियो । दुबै बैंकबीच स्वाप रेसियो सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदन (डिडिए) को आधारमा निर्धारण गरिने सहमति छ । ज्योति विकास बैंकलाई राष्ट्र बैंकले हाम्रो विकास बैंकलाई एक्वायर गर्न सैद्धान्तिक सहमति समेत दिइसकेको छ ।

त्यस्तै गत आर्थिक बर्षको मुनाफाबाट बैंक सञ्चालक समितिको बैठकले २.४० प्रतिशत बोनस शेयर तथा कर सहितको ७.९१५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्दैछ। ज्योतिसँग एक्वायरमा जाने सम्झौतापछि बैंकले शेयर कारोबार असार ३२ गतेदेखि नै रोक्का रहेको छ । बैंकले प्रस्ताव गरेको लाभांश असोज २५ गतेसम्म नामसारी भएर कायम रहने शेयरधनीले मात्र प्राप्त गर्ने बैंकले जनाएको छ ।

Advertisement

हाल बैंकको चुक्त्ता पूँजी ४९ करोड २२ लाख रुपैयाँ रहेको छ । बोनसपछि बैंकको चुक्त्ता पूँजी ५० करोड ४० लाख रुपैयाँ पुग्नेछ । यस कम्पनीको दशाैं साधारण सभा कात्तिक ११ गते नुवाकोटको विदुर स्थित होटल सताञ्चुलीको सभाहलमा बिहान ११ बजेबाट सुरू हुने जनाइएको छ

प्रतिक्रिया