नुवाकोटमा मानवबेचविखन मुदामा फरार तामाङ २६ वर्षपछि पक्राउ

विदुर खबर २०८१ वैशाख १५ गते १२:५०

नुवाकोट । मानव बेचविखन तथा ओसारपसार मुदामा फरार अभियुक्त २६ वर्षपछि पक्राउ परेका छन् ।

Advertisement

नुवाकोट साबिक बेतिनी गाविस ७ हाल दुप्चेश्वर गाउँपालिका ४ का ५५ वर्षिय रामबहादुर भन्ने जंगबहादुर तामाङलाई पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको टोलीले खोजतलास गर्ने क्रममा बुधबार बेलुका नुवाकोट तादी गाउँपालिका ४ सातबिसेमा लुकीछिपी हिंडिरहेको अवस्थामा फेला पारी पक्राउ गरी बिहिबार नुवाकोट जिल्ला अदालतमा पेश गरिएको थियो ।

अदालतले निजलाई कैद भुक्तानको लागि जिल्ला कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डिएसपी तिलक भारतीले बताए ।

Advertisement

निज तामाङको मिति २०५५ साल माघ १९ गतेको मकवानपुर जिल्ला अदालतले ९ वर्ष ७ महिना १० दिन कैद गर्ने फैसला गरेको थियो । तर निज फरार भएका थिए ।

प्रतिक्रिया