नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको पहिलो टी-ट्वेन्टी खेल हुँदै

विदुर खबर २०८१ वैशाख १५ गते ११:५०

नुवाकोट । घरेलु टोली नेपाल र वेस्टइन्डिजको ‘ए’ बीचको पाँच खेलको टी-ट्वेन्टी सिरिज आजबाट सुरु हुँदैछ ।

Advertisement

टीयू क्रिकेट मैदानमा हुने खेल आज दिउँसो सवा १२ बाट सुरु हुनेछ । दुबै टोली जितसहित सिरिजको सुरुवात गर्ने योजनामा हुने छन् । रोहित पौडेको कप्तानीमा रहेको नेपाली टिमममा हिजो मात्र ४ खेलाडी थप गरिएका थिए । टिममा कमलसिंह ऐरी, सागर ढकाल, विनोद भण्डारी र लोकश बम थप गरिएका हुन् ।

आईसीसीले १ महिनापछि सुरु हुने टी-ट्वेन्टी विश्वकपमा सहभागी हुने सबै टोलीलाई मे १ सम्म अन्तिम टोली घोषणा गर्दै नामावली पेस गर्न निर्देशन दिएको छ । त्यसैकारण सिरिजका सुरुवाती २ खेलको प्रदर्शन दुबै टिमका खेलाडीहरुका लागी निकै महत्वपूर्ण हुनेछ ।

Advertisement

वेस्ट इन्डिजको ‘ए’ हालसम्म नेपाल भ्रमणमा आएको सबैभन्दा बलियो टोली हो । दुई पटकको एक दिवसीय र टी-ट्वेन्टी विश्वकप च्याम्पियन वेस्ट इन्डिजको ‘ए’ टिमविरुद्ध नेपाललाई सहज हुने छैन । अनुभवी खेलाडी रोस्टन चेशको कप्तानीमा रेहको क्यारेवियन टिममा दुई पटकका टी-ट्वेन्टी विश्वकप विजेता जोनसन चाल्र्स सामेल छन् ।

आन्द्रे फ्लेच, ओबेद म्याककोय, ओशेन थोमस एलिक एथानाजे, किमो पल र फबिएन एलेन पनि विश्व स्तरीय क्रिकेटरहरु हुन् ।

Advertisement

एसीसी पि्रमियर कपमा आशातित प्रदर्शन गर्न नसकेको नेपाल घरेलु मैदानमा पुरानै लयमा र्फकने योजनामा हुनेछ ।

प्रतिक्रिया