माल्दिभ्सका पूर्व राष्टपति गयूम धरौटीमा रिहा

विदुर खबर २०७५ असोज १५ गते २:१२

कोलोम्बो– माल्दिभ्सका पूर्व राष्ट्रपति मौमुन अब्दुल गयूमलाई धरौटीमा रिहा गर्न आइतबार अदालतले आदेश दिएको छ।

माल्दिभ्सको इतिहासमा सबैभन्दा लामो समय नेतृत्वमा रहेका गयूमलाई उनका सौतेला भाइ राष्ट्रपतिको निर्वाचनमा पराजित भएको एक हप्तापछि धरौटीमा रिहा गर्न आदेश भएको हो।

८० वर्षीय गयूम र उनका छोरा फारिस मौमुनलाई राजधानी मालेमा रहेको उच्च अदालतले उक्त आदेश दिएको हो। उनीहरूलाई विवादास्पद केही मुद्दामा जेल पठाएपछि त्यसउपर गरिएको पछिल्लो पुनरावेदनका आधारमा सुनुवाइ भई जेलमुक्त गरिएको हो। हालै भएको निर्वाचनमा ५८ दशमलबत्र ४ प्रतिशत मत ल्याई राष्ट्रपतिमा निर्वाचित भएका इब्राहिम मोहमद सोलिहले वर्तमान राष्ट्रपति अब्दुल्लाह यमीनसँग सबै राजनीतिक बन्दीलाई रिहा गर्न गरेको अनुरोधपछि अदालतको उक्त निर्णय आएको हो।

रासस/एएफपी

Advertisement

प्रतिक्रिया