एसीसी प्रिमियर कप : सेमिफाइनलमा नेपाल र युएई खेल्दै
नुवाकोट । आज एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुदै छन् ।
बुधबार समुह चरणका खेल सकिएसँगै सेमिफाइनलको समीकरण पुरा भएको थियो । समुह ए बाट नेपाल समुह विजेता र हङकङ उपविजेता हुदै सेमिफाइनलमा पुगेका छन् भने समुह बी बाट ओमान विजेता र युएई उपविजेता बन्दै सेमिफाइनलमा पुगेका छन् ।
अब पहिलो सेमिफाइनलमा नेपाल र युएई खेल्दै छन् । यो खेल नेपाली समय अनुसार बिहान ११: ४५ बजेदेखि शुरु हुने छ ।
नेपाल र युएई एसोसियट्स देशका चिरपरिचित प्रतिद्वन्दी मानिन्छन् । यी दुई बीचको खेललाई एसिसियट्स देशको क्लासिको समेत भनिन्छ । नेपाल र युएईबीच अहिलेसम्म ९ टी-२० खेल भएका छन् । जसमा नेपालले ५ खेल जितेको छ भने युएईले ४ खेल जितेको छ ।
त्यस्तै दोस्रो सेमिफाइनलमा ओमान र हङकङ खेल्दै छन् । यो खेल अपराहन्न ४: १५ बजेदेखि शुरु हुने छ ।
यस प्रतियोगिताको विजेताले २०२५ मा हुने टी-२० एशिया कपमा खेल्न पाउने छ भने शिर्ष तीन देशले एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनौट हुने छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













आज क्रिसमस डे मनाइँदै, सार्वजनिक बिदा
नुवाकोटको सूर्यकुण्ड हाईड्रोको आईपीओ खुल्यो
चिलिमे हाइड्रोपावरको बम्पर लाभान्स घोषणा
नेपाल टेलिकमले ३० प्रतिशत लाभान्स दिने
निरञ्जना मन्दिरमा देवीको वहान प्रतिस्थापना





प्रतिक्रिया