पन्चकन्याको कविलासमा माछा मार्न जाँदा डुबेर एकको मृत्यु

विदुर खबर २०७५ असोज १४ गते १३:५९

Advertisement

नुवाकोट असोज १४, तादी खोलामा माछा मार्न गएका पञ्चकन्या गाँउपालिका–२ कविलासमा शेरबहादुर मगरको डुबेर मृत्यु भएको छ ।

शनिबार साँझ माछा मार्न गएका ५५ वर्षका मगरको घर नजिकै रहेको तादी खोलामा डुबेर मृत्यु भएको अबस्थामा आज शव भेट्टिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख बसन्तबहादुर कुंवरले जानकारी दिनुभयो । २५ वर्षका छोरा राजु मगरसंग माछा मार्न गएका उनी नफर्केपछि खोजी गर्ने क्रममा किसानले पानी ल्याउन बनाएको कुलाको बाँधको तारजालीमा अड्किएर पानीमा डुबेर मृत्यु भएको शव भेट्टिएको प्रहरीे जनाएको छ । शव परीक्षणको लागी जिल्ला अस्पताल त्रिशूलीमा ल्याइएको छ ।

Advertisement

प्रतिक्रिया