नुवाकोटको विदुरमा विद्युतीय गाडीको चार्जिङ स्टेशन बन्ने

विदुर खबर २०८० चैत २५ गते ८:५६

नुवाकोट । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले नुवाकोटको विदुरसहित प्रदेश भित्रका १६ स्थानमा विद्युतीय गाडीको चार्जिङ स्टेशन निर्माण प्रक्रिया अघि बढाएको छ ।

Advertisement

मन्त्रालयले एक सूचना जारी गर्दै चार्जिङ स्टेशन निर्माण योग्यता पुगेका ईच्छुक कम्पनीहरुसँग प्रस्ताव आह्वान गरेको छ । मन्त्रालयको आ व २०८०÷८१ को वार्षिक कार्यक्रम तथा वजेट अर्न्तगत रही विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहित गर्ने उद्धेश्यले प्रदेश सरकार र निजी क्षेत्रको साझेदारीमा रिफ्रेसिङ्ग सेन्टर सहितको चार्जिङ स्टेशन निर्माण तथा संचालन प्रक्रिया अघि बढेको हो ।

यसको लागि मन्त्रालयबाट स्वीकृत सार्वजनिक निजी लागत सहभागितामा विद्युतीय सवारी साधनको चार्जिङ्ग स्टेशन निर्माण तथा संचालन सम्वन्धी कार्यविधि २०८० अनुसार योग्यता पुगेका ईच्छुक कम्पनीले सूचना प्रथम पटक प्रकाशन भएको मितिले १५ दिन भित्र प्रस्ताव पेश गर्नु पर्ने छ ।

Advertisement

यी हुन् चार्जिङ स्टेशन निर्माणको लागि तय भएका १६ स्थान ।

नुवाकोटको विदुर क्षेत्र
धादिङको धादिङवेशी क्षेत्र
धादिङ भित्रै पर्ने पृथ्वीराजमार्ग क्षेत्र
काभ्रेपलाञ्चोकको पाँचखाल क्षेत्र
काभ्रेपलाञ्चोकको बनेपा क्षेत्र
काभ्रेपलाञ्चोकको नामोबुद्द क्षेत्र
काभ्रेपलाञ्चोकको दोलालघाट क्षेत्र
भक्तपुरको नगरकोट क्षेत्र
दोलखाको चरिकोट क्षेत्र
रामेछापको मन्थली क्षेत्र
सिन्धुलीको कमलामाई क्षेत्र
काठमाडौँको कोटेश्वर क्षेत्र
मकवानपुरको हेटौडा÷नवलपुर क्षेत्र
चितवनको सौराहा÷टाडी क्षेत्र
काठमाडौँको बालाजु÷नागार्जुन क्षेत्र
सिन्धुपाल्चोकको राष्ट्रिय राजमार्ग क्षेत्र

Advertisement

प्रतिक्रिया