नुवाकोटको बट्टारमा स्केट पार्क खुल्यो

विदुर खबर २०८० चैत २४ गते १५:२१

नुवाकोट । नुवाकोटमै पहिलो पटक स्केट पार्क संचालनमा आएको छ । विदुर नगरपालिका वडा नम्बर ४ को बट्टारमा निर्माण गरिएको नुवाकोट स्केट पार्क सञ्चालनमा आएको हो ।

Advertisement

स्केट पार्कको शनिवार विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठर विदुर ४ का वडाध्यक्ष निलमबाबु ढुङ्गेलले संयुत्त रुपमा उद्घाटन गरेका हुन् ।
नुवाकोटको बेलकोटगढी नगरपालिकाका लक्ष्मण अधिकारी, चितवन भरतपुरका ताराप्रसाद वस्याल र ईश्वर थापा मगरको संयुत्त लगानीमा स्केट पार्क संचालनमा ल्याइएको हो ।

एक पटकका झण्डै एक सय जनाले खेल्ने मिल्ने स्केट पार्क नुवाकोटमा नै पहिलो पटक संचालनान आएको हो । स्केट पार्कको उद्घाटन गर्दे विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले स्केट पार्क निर्माणले खेल क्षेत्रमा नयाँ आयाम थप्ने बताए ।

Advertisement

उनले नगरपालिकाले खेल क्षेत्रमा लगानी बढाइरहेको अवस्थामा निजि क्षेत्रबाट लगानी हुनु आफैमा गर्वको विषय रहेको बताए । उनले स्केट युवावर्गमा निकै लोकप्रिय रहेको भन्दै नुवाकोटका युवावर्गले मन पराउने विश्वास व्यत्त गरे ।

कार्यक्रममा नुवाकोट स्केट प्रालिका संचालक लक्ष्मण अधिकारीले स्केट बोर्ड आफैंमा साहसी खेल भएकोले यसबाट बालबालिका र युवाहरुले लाभ लिन सक्ने बताए । पछिल्लो समय स्केटिङमा किशोरकिशोरी तथा युवायुवतीको आकर्षण बढ्दो रहेको र सोहीलाई मध्येनजर गर्दै स्केट पार्क संचालनमा ल्याएको उनको भनाई छ ।

Advertisement

स्केट खेल्नको लागि प्रतिघण्टा दुई सय रुपैयाँ लाग्ने बताइएको । खेलको लागि जुत्ता र खेल सामाग्रीका उपलब्ध गराइने सचालक अधिकारीले जानकारी दिए ।

पछिल्लो समय बालबालिका तथा युवायुवतीहरु मोबाइलमा बढि ब्यस्त भएको पाइएको हुदा यस खेलले शारीरीक र मानसिक रुपमा पनि फाइदा पुग्ने सरोकारवाला बताउछन ।

प्रतिक्रिया