शिवपुरीको १६ विद्यालयमा विद्युत्तिय हाजिर जडान
विदुर खबर
२०७५ असोज १४ गते १२:२१

नुवाकोट असोज १४, नुवाकोटको शिवपुरी गाउँपालिकाको सम्पुर्ण विद्यालयमा आइतबारबाट विद्युत्तिय हाजिरी जडान गरिएको छ ।
गाउँपालिकाको माध्यामिक विद्यालय, निम्न माध्यामिक विद्यालयल र प्राथमिक विद्यालय गरी १६ वटा विद्यालयमा विद्युत्तिय हाजिरी जडान गरिएको शिवपुरी गाउँपालिकाको कार्यलयले जनाएको छ । आइतबार एक कार्यक्रम आयोजना गर्दै गाउँपालिकाले जनज्ञान निकेतन उच्च मावि थानापतिबाट यसको औपचारिुक शुरुवात गरिएको गाउँपालिकाका सुचना अधिकृत शालिकराम घिमिरेले बताए ।
सुचना अधिकारी घिमिरेले पहिलो चरणमा विद्युत्तिय हाजिरी जडान भएका १६ विद्यालयको हाजिरी तीन महिना परिक्षण गरेर मात्र अन्य विद्यालयमा पनि जडान गरिने बताए ।
सम्बन्धित
प्रतिक्रिया