नुवाकोट साइक्लिङ संघ गठन, अध्यक्षमा श्रेष्ठ

विदुर खबर २०८० चैत १७ गते ११:१७

नुवाकोट । नुवाकोट साइकिलिङ संघ गठन गरिएको छ ।

Advertisement

वागमति प्रदेश सरकार, प्रदेश खेलकुद परिषद् अन्तरगत रहेको साइक्लिङ संघ नुवाकोटमा गठन गरिएको हो । संघको जिल्ला कर्णबहादुर अध्यक्षमा कर्णबहादुर रहेका छन् । श्रेष्ठको नेतृत्वमा सात सदस्यीय कार्य  समिति गठन गरिएको हो । संघको उपाध्यक्ष कैलाश श्रेष्ठ चउन भएका छन् भने सचिवमा सुनिल विष्ट र कोषध्यक्ष समिता श्रेष्ठ रहेका छन् ।

यस्तै सदस्यहरुमा कुमार श्रेष्ठ, हरिबंश ढकाल र कविन्द्र कारञ्जित छन् ।

Advertisement

भेलालाई संवोधन गर्दै नेपाली कांग्रेस नुवाकोटका सचिव श्रीराम श्रेष्ठले साइक्लिङ संघ गठनभएपछि यस खेलका खेलाडि उत्पादन र खेलको विकास गर्न थप महत्वपूर्ण हुने बताए ।

उनले साइकल चलाउँदा उच्चतम व्यायाम समेत हुने भएकाले नियमित साइकल चलाउँदा तौल घटाउन र शरिरलाई स्वस्थ राख्न उपयुक्त व्यायाम भएको बताए ।

Advertisement

अध्यक्ष निर्वाचति भएपछि श्रेष्ठले आफूहरुले संस्थागत रुपमा साइकल संघ दर्ता गरी अगााडि बढ्ने योजना भएपनि दर्ताको प्रकृयामा साइक्लिङ संघ गठन गरेकोमा आभार व्यक्त गरे ।

कार्यक्रममा नेपाली कांग्रेस नुवाकोटका सदस्य गोरेबहादुर मिजार, ट्रेड युनियन कांग्रेस नुवाकोटका उपाध्यक्ष रामराजा बोगटी, वडा सभापति रामचन्द्र रिमाल, रामशरण थापा लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया