तिनपिप्ले- रानीपौवा सडक निर्माण कार्य सुरु
नुवाकोट । लामो समयदेखि अबरुद्ध रहेको पासाङ ल्हामु राजमार्गको तिनपिप्ले- रानिपौवा निर्माण कार्य सुरु भएको छ ।
ककनी गाउँपालिकाका अध्यक्ष सज्जन तामाङले आज (शुक्रबार) निर्माण कार्य को उद्घाटन गरेका हुन । उद्घाटन गर्दै अध्यक्ष तामाङले मानव जिवनस्तरसङ जोडिएको सडक मार्ग ९ वर्षदेखि लथालिङ्ग अबस्थामा रहदा नागरिकले निकै नै सास्ती खेप्नु परेकोले निर्माण कार्य समयमा नै सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन समेत दिएका छन् ।
समय र गुणस्तरलाई ख्यालमा राख्दै काम गर्न समेत अनुरोध गरेका छ्न । निर्माण सुरु भएको लामो अबधिसम्म पनि निर्माण हुन नसकेको राजमार्ग अन्तर्गतको तिनपिप्ले-पिपलटार सडक मध्ये पहिलो चरणमा तिनपिप्ले देखि रानिपौवासम्मको लागि निर्माण को जिम्मा मोतीदान कन्स्ट्रक्सन सेवाले ८३ करोड ३१ लाख रुपैयाँमा पाएकाे हाे ।
निर्माण ठेक्का अवधि दुई वर्ष रहेको छ । २०८० फागुन ३० गते सम्झौता भएको र २०८२ फागुन २९ सम्ममा निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने छ । पहिलाे चरणमा १४.५ किलोमीटर कालोपत्रे सहित निर्माण हुने भएको छ । रानिपौवा बजारबाट २ किलोमीटर तलसम्म सडक कालोपत्रे गर्न सकिने निर्माण कम्पनीले जनाएको छ ।
बालाजु–रानीपौवा–पीपलटार सडकको कुल दूरी भने ५५.५ किमि हो । उक्त दूरीमध्ये केही खण्डमा काम भइसकेको छ । उक्त सडकको सुरु ठेक्काअनुसार काम नभएपछि ठेक्का तोडेर दोस्रो ठेक्का गरिएको हो । सुरुमा बालाजु–रानीपौवा खण्डको ठेक्का भएको थियो । तर सात पटक म्याद थप्दा गर्दा पनि काम सकिएन ।
काममा कुनै प्रगति नभएपछि बालाजु–रानीपौवा खण्डको ठेक्का लिने इन्फ्रा पावर लिमिटेड (एआईपीएल) र शैलुङ कन्स्ट्रक्सन जेभीसँग ०७९ असार ५ मा सम्झौता तोडिएको थियो । ठेक्का तोडेसँगै तिनलाई सडक विभागअन्तर्गत सडक सुधार तथा विकास आयोजना निर्देशनालयले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई कालोसूचीमा राखी कारबाही गर्न सिफारिस गरेको थियो ।
जसअनुसार उक्त कम्पनीलाई ०७९ भदौ ८ देखि ०८२ भदौ ७ सम्म कालोसूचीमा राखिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













आज क्रिसमस डे मनाइँदै, सार्वजनिक बिदा
नुवाकोटको सूर्यकुण्ड हाईड्रोको आईपीओ खुल्यो
चिलिमे हाइड्रोपावरको बम्पर लाभान्स घोषणा
नेपाल टेलिकमले ३० प्रतिशत लाभान्स दिने
निरञ्जना मन्दिरमा देवीको वहान प्रतिस्थापना





प्रतिक्रिया