आरविवि मर्चेन्ट बैंकिङ्गको बट्टार क्याम्पसमा सचेतनामूलक कार्यक्रम

विदुर खबर २०८० चैत १४ गते १३:१२

नुवाकोट । ग्लोबल मनी विक २०२४ को अवसर पारेर आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिेटडले नुवाकोटको नुवाकोट आर्दश बहुमुखी क्याम्पसमा सचेतनामूलक कार्यक्रम गरेको छ ।

Advertisement

आरविवि मर्चेन्ट बैंकिङ्गले नुवाकोट आदर्श बहुमुखि क्याम्पस, बट्टारमा स्नातक तथा स्नातकोत्तर तहमा अध्यनरत विधार्थीहरु तथा शिक्षकरशिक्षिकाहरुको लागि वित्तीय शिक्षा अभिबृद्धिको लागि सचेतनामूलक कार्यक्रम गरेको हो ।

कार्यक्रमको नुवाकोट आदर्श बहुमुखी क्याम्पसका सन्चालक समितिका अध्यक्ष श्रीराम श्रेष्ठले उद्घाटन गरेका थिए । उनले बितिय शिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै सेयर कारोबार गर्दा बुझेर मात्र गर्नु पर्ने कुरामा जोड दिए ।

Advertisement

कार्यक्रममा क्याम्पस प्रमुख नारायण मान डंगोल तथा अध्यनरत विधार्थीहरु र शिक्षकर शिक्षिकाहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट कम्पनीको प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेल, प्रबन्धक अजय घिमिरे र बरिष्ठ अधिकृत सृजना बाँस्कोटाले कार्यक्रम संचालन गरेका थिए।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड विदुर शाखा प्रमुख रिमा श्रेष्ठ तथा शाखाका कर्मचारी सन्तोष बोगटीको समेत उपस्थिती रहेको थियो । यसका साथै, छलफलमा उठेका प्रश्नहरुको जवाफ अजय घिमिरेले दिएका थिए।

Advertisement

कार्यक्रमले पूँजीबजार सम्बन्धी शिक्षा तथा सचेतना अभिबृद्धि गर्नेछ र सहभागीहरुले शेयर लगानी सम्बन्धि ज्ञान हासिल गरि लाभान्वित हुने विश्वास गरिएको छ । आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेड राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शत प्रतीशत लगानीमा स्थापित संस्था हो।

प्रतिक्रिया