रसुवागढी सुक्खा बन्दरगाह निर्माण ५५ प्रतिशत सकियो
रसुवा । चीनसँगको व्यापारिक नाका रसुवागढीमा निर्माणाधीन सुक्खा बन्दरगाह निर्माण कार्य ५५ प्रतिशत पुरा भएको छ ।
चीन सरकारको आर्थिक सहयोगमा निर्माण भएको सुक्खा बन्दरगाह निर्माण कार्य हालसम्म ५५ प्रतिशत सकिएको हो । सुरुदेखि नै विवाद र अवरोध पार गर्दै निर्माणाधीन सुक्खा बन्दरगाह रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा निर्माण भइरहेको छ ।
निर्धारित समयमै निर्माण सम्पन्न हुने गरी उत्तरी नाका रसुवागढीमा नेपाल इन्टर मोडल यातायात विकास समितिको व्यवस्थापनमा वन्दरगाह निर्माणको कामले अहिले तीव्रता पाएको हो। समितिका प्रतिनिधि शोभाकान्त राउतका अनुसार ५५ प्रतिशत काम सकिएको छ । प्रशासकीय भवनको फाउण्डेशनको काम भइरहेको छ । अरु काम अन्तिम चरणमा रहेको छ ।
२ अर्व २६ करोड रुपैयाँमा इन्टरमोडल यातायात विकास समितिले निर्माणको जिम्मा लिएको छ । सन् २०२५ सम्ममा निर्माण सम्पन्न गरिसक्नु पर्ने सम्झौतामा उल्लेख छ । हाल भोटेकोसी किनारामा लगाइएको प्रोटेक्सन वालको काम सकिएको र बालमा माटो भर्ने, बाटो निर्माण गर्ने तथा भवन निर्माण गर्ने कार्य तीव्र गतिमा भइरहेको छ । बन्दरगाहभित्र ३१३ साना र २६ वटा ठूला कन्टेनर राख्न सकिन्छ। त्यसभित्र इमिग्रेसन र पार्किङको व्यवस्था रहने छ ।
त्यस्तै कार्गो गोदामको लागि दुई वटा भवन निर्माण गर्ने योजना रहेको समितिका प्रतिनिधि राउतले बताए । नेपाल र चीनबीच भएको सम्झौता अनुसार चिनियाँ पक्षले सुक्खा बन्दरगाह निर्माण सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ । सुक्खा बन्दरगाह सदरमुकाम धुन्चेदेखि २६ किलोमिटर दूरीमा र राजधानी काठमाडौंबाट १५० किलोमिटर दूरीमा रहेको छ ।
चिन नेपालको निर्यातलाई सहज गर्ने उद्देश्यसहित बन्दरगाह निर्माण सुरु गरिएको हो । रसुवामा बन्दरगाह निर्माण भएपछि भारतको विसाखापट्नम हुँदै आउने सामान छोटो समयमा रसुवा नाकाबाट आउने हुँदा लागत र समय कम लाग्ने व्यवसायीको भनाइ छ ।
अहिले चीनको सामान भारत हुँदै नेपाल ल्याउँदा ४५ दिनसम्म समय लाग्ने गरेको व्यवसायी बताउँछन् । रसुवा नाकावाट सामान आउँदा चिनियाँ सामानको ढुवानी लागत घट्ने हुँदा उपभोक्ताले सस्तो मूल्यमा सामान पाउने व्यवसायीको भनाइ छ । रसुवा नाकाबाट सामान आउँदा १० देखि १२ दिनमा काठमाडौं आउने व्यवसायीको अनुमान छ ।
चीनमा नेपालको व्यापार १३ प्रतिशत रहेको छ । रसुवागढीसँगै तातोपानी र हुम्लाको हिल्सा नाकाबाट सामान आयात नियति हुने गर्छ । अहिले सबैभन्दा धेरै रसुवा नाकाबाट सामान आउने गरेको छ । चिनियाँ पक्षले भूकम्पपछि तातोपानी नाका छाडेर रसुवा नाका केन्द्रित भइ काम गरिरहेको छ। अहिले चीनसँगको व्यापार जोड्ने एक मात्रै नाका रसुवा नाका बनेको छ ।
चिनियाँ पक्षले रसुवामा अनुदानमा ठूला संरचना निर्माण केन्द्रित गरेको छ । रसुवा सुक्खा बन्दरगाह निर्माण गर्न नेपाल र चीनवीच समझदारी भएको आठ वर्षपछि चिनियाँ पक्षले गत वर्षदेखि निर्माणलाई तीव्रता दिएको हो । सुक्खा बन्दरगाह २ हजार ८० वर्ग मिटरमा फैलिएको छ ।
प्रस्तावित डिजाइन अनुसार पाँच सय वर्ग मिटर क्षेत्रफलमा प्रशासकीय भवन, ७५० वर्ग मिटरमा गोदाम घर बन्नेछ ।
उक्त बन्दरगाहमा ३ सय ५० कन्टेनर अट्ने छन् । जाँचपास बिन्दु दुई वटा हुनेछन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरको १८ प्रस्ताव: ‘एक वडा एक स्मार्ट सिटी’ देखि विपद तालिम केन्द्रसम्म जिल्लामा पेश गरिने
अब त्रिशूलीमा लामो र अग्लो मोटरेबल पुल
मुटु भक्कानीने , भोटेकोशी बाढीको त्यो क्षण
चिलिमे जलविद्युत आयोजनाको सुरुङमा तीन जनाको शव फेला
विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस





प्रतिक्रिया