आज तराईका जिल्लामा होली मनाइँदै
नुवाकोट । आज तराईका जिल्लाहरूमा फागु अर्थात् होली पर्व मनाइँदै छ। तराईमा होलीलाई विशेष महत्वका साथ मनाउने गरिन्छ।
रङ्गहरूको पर्व होलीलाई मित्रता, आत्मीयता, सामीप्य र सद्भाव दर्साउने पर्वको रूपमा पनि लिने गरिएकाले साथी सङ्गी, आफन्तहरू जम्मा भएर होली खेल्ने गरिन्छ।
पहाडी तथा हिमाली जिल्लाहरूमा होली मनाइएको भोलिपल्ट तराइमा होली पर्व मनाउने गरिन्छ। वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एकापसमा खुसीयाली प्रकट गर्न सामूहिक रूपमा भेला भएर एक अर्कामा रङ दलेर मनाउने गरिन्छ। होलीमा प्रयोग गरिने रङहरूको आ–आफ्नै महत्त्व रहेको छ।
नीलो रङलाई धर्मयुद्धको प्रतीक मानिन्छ। पहेँलो रङ भगवान् विष्णु र श्रीकृष्णको प्रिय रङ हो। भगवान् गणेशलाई सबै रङ मन पर्ने तथा रातो रङलाई शक्ति र सौभाग्यको सूचक मानिन्छ।
सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र नमर्ने वरदान पाएकी बहिनी होलिकालाई प्रहृलादले काखमा लिएर आगोमा बस्न लगाउँदा प्रह्लादलाई केही नभएको तर होलीका आफै जलेर नष्ट भएपछि असत्यमाथि सत्यको विजय भएको प्रतीकको रूपमा होली पर्व मनाउने गरिएको छ।
होलीको अवसरमा सरकारले आज तराईका जिल्लामा सार्वजनिक बिदा दिएको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













पेट्रोलको मूल्य ४ रुपैयाँले घट्यो
बट्टारमा पृथ्वीनारायण शाहको शालिक अनावरण
तारकेश्वरमा ५० लाखको धानबाली क्षतिपूर्ति कोष स्थापना
बीपी कोइराला र राष्ट्रिय मेलमिलाप नीति
धादिङमा श्रम संस्कृति पार्टीको जिल्ला कार्य समिति गठन





प्रतिक्रिया