नुवाकोटमा एसइईको लागि २३ ओटा परीक्षा केन्द्र निर्धारण

विदुर खबर २०८० चैत १ गते १७:५६

विदुर । नुवाकोटमा आगामी चैत्र १५ गतेदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को लागि २३ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

Advertisement

शिक्षा विकास तथा समन्वय इकाइले बिहिवार सुचना सार्वजनिक गर्दै जिल्लामा २३ ओटा परिक्षा केन्द्र निर्धाण गरेको हो । परिक्षामा नुवाकोटबाट झण्डै ४ हजार जना परिक्षार्थी सहभागी हुने छन् ।

समुदायिक विद्यालयतर्फ सबैभन्दा बढी पृथ्वी माविबाट ७६ जना परिक्षार्थीले परिक्षा दिनेछन् भने निजितर्फ अर्किड एकेडेमीबाट ७९ जना सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ नुवाकोटका प्राविधिक सहायक तथा सूचना अधिकारी सम्झना थपलियाले जानकारी दिइन् ।

Advertisement

थपलियाका अनुसार यो वर्ष नुवाकोटबाट तीन हजार ९ सय २२ जना परिक्षार्थीले परिक्षा दिनेछन् । परीक्षामा नियमिततर्फ तीन हजार ७ सय १८, प्राविधिकतर्फ एक सय २६ र ग्रेड वृद्धितर्फ ७८ जना विद्यार्थी सहभागी हुनेछन् ।

परीक्षालाई निष्पक्ष, मर्यादित र व्यवस्थित बनाउन केन्द्राध्यक्ष नियुक्ती तथा सुरक्षा निकाय लगायतका लागि अभिमुखीकरण कार्यक्रम पनि तय गरिसकेको थपलियाले उल्लेख गरिन् ।

Advertisement

यस वर्षको एसइईमा कम्तीमा सबै विषयमा ३५ अंक ल्याउनेले मात्र कक्षा ११ पढ्न पाउने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया