नुवाकोटमा मकै चोरेको आरोपमा धादिङका एक युवक पक्राउ
नुवाकोट । नुवाकोटको बेलकोटगढीमा मकै चोर्दै गरेको आरोपमा धादिङका सुदिप परियार सवारीसाधन सहित पक्राउ परेका छन् ।
यहि फागुन २९ गते मंगलवार विहान २ बजेतिर बेलकोटगढी नगरपालिका वडा नम्बर ५ केउरेनीका सन्तोष अधिकारीको आफ्नै घरको पिढिीमा राखेको ८ बोरा मकै चोरेको आरोपमा परियार पक्राउ परेका हुन् ।
परियारले घरमा सबै सुतिरहेको अवस्थामा बा २० च ५४४३ नम्बरको बलेरोमा मकै लोड गरिरहेको अवस्थामा घरभित्रको मानिसले थाहा पाएपनि परियार गाडीको ढाला समेत नलगाई भागेका थिए । तर पछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
प्रहरीले उनलाई ८ बोरा मकैसहित पक्राउ गरि मुलुकि अपराध संहिता २०७४ को चोरी कसूरमा अनुसन्धान गर्नको लागि जिल्ला अदालत नुवाकोटले सात दिनको म्याद दिएको छ ।
घटनामा समलग्न अन्य फरार व्यक्तिहरुको खोजी जारी रहेको नुवाकोटका प्रहरी नायव उपरिक्षक खगेन्द्र वहादुर खड्काले जानकारी दिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया