पत्रकारलाई उजुरी दिएकोप्रति महासंघको आपत्ति

विदुर खबर २०७५ असोज १३ गते १३:११

 

Advertisement

नुवाकोट, नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका अध्यक्ष कपिलदेव खनालबिरुद्ध नुवाकोट जिल्लामा भुकम्प पीडितहरुका लागि सञ्चालित नेपाल भारत मैत्री सम्झौता अन्र्तगत सामाजिक प्राविधिक सहजीकरण तथा परामर्श परियोजना र उक्त परियोजना सञ्चालन गर्ने संस्था युनोप्सले जिल्ला प्रहरी कार्यालय नुवाकोटमा उजुरी दिएकोप्रति शाखाले गम्भिर आपत्ति प्रकट गरेको छ ।

Advertisement

शाखा सचिव जगदीश खनालले एक विज्ञप्ती जारी गर्दै समाचार संकलनका लागि कार्यालयमा पुगेका टिभि त्रिशुलीका क्यामेरापर्सन सरोजकुमार डङ्गोललाई युनोप्सका कर्मचारी शान्ता रानाले अनुमति विना तस्विर र भिजुअल लिएको भन्दै क्यामेरा बन्द गर्न निर्देशन दिएकोमा आपत्ति जनाएका छन् । त्यसको जानकारी पाए लगत्तै कार्यालय पुगेका पत्रकार महासंघ नुवाकोट अध्यक्ष कपिलदेव खनाललाई परियोजनाका कर्मचारी रानाले आफु पनि पत्रकार भएको र भदौं १ गतेबाट जारी भएको नयाँ कानूनको अध्यायन गरेर मात्रै समाचार संकलनमा आउन निर्देशन दिएका थिए ।

अध्यक्ष खनालले सार्वजनिक निकायको रुपमा रहेको कार्यालय र ज्ञापन पत्र बुझाएको तस्बिर लिनका लागि कानूनले बाधा नपु¥याउने, यसरी प्रेस स्वतन्त्रतालाई कानूनको गलत ब्याख्या गरेर संकुचन नगर्न र प्रेसमैत्री बन्न आग्रह गर्दा त्यसलाई धम्कीको रुपमा लिएको र परियोजनाको मुख्य जिम्मेवारी सम्हालेका कार्य प्रबन्धक प्रेमकान्ता झाले ‘सकेको गर’ भन्नु निन्दनिय रहेको विज्ञप्तीमा उल्लेख छ ।

Advertisement

तर यही घटनालाई बङ्ग्याएर परियोजनाको कार्य प्रबन्धक प्रेमकान्त झा र सोही परियोजनाकै कर्मचारी शान्ता रानाले पत्रकार महासंघका अध्यक्ष सहित अन्य तीन जना पत्रकारबाट धम्की आएको गलत विवरण लेखेर प्रहरी कार्यालयमा उजुरी दिनु परियोजना, योसंग जोडिएको निकाय, कार्यालय र केही व्यक्तिहरुको आडमा स्वतन्त्र पत्रकारिता माथी बोलेको धावा र भदौ १ गतेबाट लागू भएको नयाँ कानूनको अपब्याख्या गरेर आफ्नो निहित र निजी स्वार्थ पुरा गर्नु खण्डनयोग्य र दण्डनिय रहेको नेपाल पत्रकार महासंघ नुवाकोट शाखाले जनाएको छ ।

यस्तै, पत्रकारहरुको संगठन प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल जिल्ला समिति नुवाकोटले समेत विज्ञप्ती जारी गरेर परियोजनाको प्रेस विरोधी कार्यको विरोध गरेको छ । प्रेस चौतारीका जिल्ला अध्यक्ष भोलाराज पौडेल र प्रेस सेन्टरका जिल्ला अध्यक्ष रामहरि गजुरेलद्धारा संयुक्त रुपमा जारी भएको विज्ञप्तीमा ज्ञापनपत्रबारे जानकारी दिन संयमताका साथ पत्रकारहरुबाट अनुरोध हुँदा परियोजनाका कार्य प्रवन्धक प्रेमकान्त झा र कर्मचारी शान्ता रानाले आफ्नो पदिय मर्यादा नै नाघेर अनुमतिबिना भिडियो खिच्न, समाचार लेख्न नमिल्ने भन्दै निकृष्ट शैलीमा गालिगलौज गर्दै ‘सकेको गर्ने’ धम्की आपत्तिपूर्ण रहेको उल्लेख छ ।

यसै बीच, गैर सरकारी संस्था महासंघ जिल्ला शाखा नुवाकोटले पनि यस विषयमा विज्ञप्ती जारी गरेर कार्यक्रमको नाममा भइरहेको अनियमितता र हस्तक्ष रोक्न आग्रह गरेको छ । घटनालाई बङ्ग्याएर परियोजनाको कार्य प्रबन्धक प्रेमकान्त झा र सोही परियोजनाकै कर्मचारी शान्ता रानाले पत्रकार महासंघका अध्यक्ष सहित अन्य तीन जना पत्रकारबाट धम्की आएको गलत विवरण लेखेर प्रहरी कार्यालयमा उजुरी दिनु आपत्तिपूर्ण रहेको जिल्ला अध्यक्ष मिनकुमार केसीद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । नागरिक समाजसंग सहकार्य गर्ने संयुक्त राष्ट्रसंघको नीति र मार्ग दर्शन रहेपनि सोही संस्थासति जोडिएको युनोप्सका जिम्मेवार ब्यक्तिले बिना तथ्य नागरिक समाजका संस्था नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष माथि गरिएको दुब्र्यबहारले गैसस महासंघको गम्भिर ध्यानाकर्षण भएको र यस कार्यको गैर सरकारी संस्था महासंघ नुवाकोटले बिरोध गर्दै अबिलम्ब सच्याउन माग गरेको छ ।

प्रतिक्रिया