नुवाकोटको म्यागङमा आईचरले किचेर एक जनाको ज्यान मृत्यु
विदुर खबर
२०८० फागुन २३ गते १५:०२
नुवाकोट । नुवाकोटको म्यागङ गाउँपालिकामा आईचरले किचेर एक जनाको मृत्यु भएको छ ।
म्यागङ गाउँपालिका वडा नम्बर ६ मा आईचरलाई मोटरसाईकलले ओभरट्याक गर्ने क्रममा र्दुघटना भएको हो । पोखरीबाट मैबलतर्फ गईरहेको बा ९४ प ८४३० नम्बरको यामाहाको मोटरसाईकलले बा ४ ख ८६६० नम्बरको आईचरलाई ओभरट्याक गर्ने क्रममा आईचरले किचेर मोटरसाईकलको पछाडी वसेका एक व्यक्तिको घटनास्थलमा मृत्यु भएको स्थानियले बताएका छन् ।
मृतकको पहिचान खुल्न बाँकी रहेको छ । त्यस्तै र्दुघटनामा परि मोटरसाईकल चालक समेत सामान्य घाइते भएका छन् ।
घटनास्थलमा केही वेर अघि मात्र प्रहरी पुगेको छ । घटनाको समबन्धमा अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया