समता विद्यालयको छैठौं वार्षिकोत्सव सम्पन्न
नुवाकोट । विदुर ४ बट्टारमा रहेको समता विद्यालयको छैठौ वार्षिकोत्सव शनिवार सम्पन्न भएको छ ।
वार्षिकोत्सवको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले उद्घाटन गरेका छन् । वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख श्रेष्ठले विदुर नगरपालिकामा सुलभ मुल्यमा गुणस्तरीय शिक्षा प्रदान गर्न समता विद्यालयले खेलेको भूमिकाको चर्चा गरेका थिए ।
मेयर श्रेष्ठले महँगो शुल्क तिरेर मात्र गुणस्तरीय शिक्षा लिन सकिन्छ भन्ने परंपरागत मान्यतालाई समताले तोडेको बताए । उनले गैर नाफामुलक संस्थाको रुपमा समताले विदुर नगरपालिकाका वालवालिकालाई सरल र शुलभ शुल्कमा शिक्षा दिईरहेको समेत बताए ।
कार्यक्रममा समता विद्यालयका संस्थापक अध्यक्ष दिपक सञ्जेलले समता विद्यालयको सञ्जाल देशैभर रहेको बताए । उनले विद्यालयले राजधानी काठमाण्डौ लगायत देशभरका प्रमुख शहर र ग्रामिण बस्तीमा समेत सरल शुल्कमा हजारौं विद्यार्थीलाई पढाईरहेको दाबी गरे । सञ्जेलले समता विद्यालयवाट उत्तिर्ण विद्यार्थी डाक्टर, ईन्जिनीयर, सरकारी उच्च ओहोदामा समेत पुगेको बताए ।
कार्यक्रममा विद्यालयले यस शैक्षिक शत्रमा सञ्चालन गरेका खेलकुद तथा विभिन्न कार्यक्रमका उत्कृष्ट विद्यार्थीका साथै गत शैक्षिक सत्रमा विभिन्न तहमा उत्तिर्ण उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको छ ।
समता विद्यालयमा प्ले ग्रुपदेखि कक्षा ५ सम्म २ सय भन्दा बढि विद्यार्थी अध्ययनरत रहेको विद्यालयकी प्रिन्सिपल भावना भट्टराईले वताइन् ।
समताबाट उत्तिर्ण भई अन्य विद्यालयमा कक्षा ५ भन्दा माथि अध्ययन गर्न गएका विद्यार्थीहरुले पनि त्यहाँ गएर उत्कृष्ट नतिजा ल्याइरअेको भट्टराईले जानकारी दिइन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए
घाँस काट्ने क्रममा लडेर ७२ वर्षीय वृद्धाको मृत्यु 





प्रतिक्रिया