असहाय जेहेन्दार तथा जनजातीका लागि शिक्षा संस्थाको अध्यक्षमा पुन शर्मा

विदुर खबर २०८० फागुन १८ गते २१:०४

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ४ मा रहेको असहाय जेहेन्दार तथा जनजातीका लागि शिक्षा संस्थाको अध्यक्षमा पुन बावराम शर्मा अधिकारी चयन भएका छन् ।

Advertisement

शुक्रवार भएको संस्थाको अधिवेशनले अधिकारीको नेतृत्वमा निर्विरोध रुपमा कार्य समिति चयन गरेको हो । संस्थाको उपाध्यक्षमा शेषराज शर्मा, सचिवमा नवराज अधिकारी, सह–सचिवमा रामराजा अधिकारी र कोषाध्यक्षमा राममणि अधिकारी चयन भएका छन् ।

Advertisement

यस्तै संस्थाको सदस्यहरुमा रविन्द्र घिमिरे, रमेश घिमिरे, कञ्चन तामाङ, देवकी अधिकारी, शुष्मिता श्रेष्ठ र रामप्रसाद घिमिरे रहेका छन् ।
यस्तै संस्थाको सल्लाहकारहरुमा ध्रुवजी अधिकारी, विष्णुप्रसाद घिमिरे र ज्ञानेन्द्र प्रसाद अधिकारी रहेका छन् ।

यसैविच संस्थाले आफ्नो २१ औ वार्षिकउत्सवको अवसर पारेर त्रिशुली अस्पतालका ५० जना विरामीका साथै देविघाटमा रहेको जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा रहेका बृद्धबृछाहरुलाई फलफुल वितरण गरेको छ ।

Advertisement

यस्तै संस्थाले स्थापना दिवसको अवसर पारेर असहाय तथा जेहन्दार विद्यार्थीहरुलाई छात्रवृति समेत प्रदान गरेको छ ।

 

प्रतिक्रिया