असहाय जेहेन्दार तथा जनजातीका लागि शिक्षा संस्थाको अध्यक्षमा पुन शर्मा
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ४ मा रहेको असहाय जेहेन्दार तथा जनजातीका लागि शिक्षा संस्थाको अध्यक्षमा पुन बावराम शर्मा अधिकारी चयन भएका छन् ।
शुक्रवार भएको संस्थाको अधिवेशनले अधिकारीको नेतृत्वमा निर्विरोध रुपमा कार्य समिति चयन गरेको हो । संस्थाको उपाध्यक्षमा शेषराज शर्मा, सचिवमा नवराज अधिकारी, सह–सचिवमा रामराजा अधिकारी र कोषाध्यक्षमा राममणि अधिकारी चयन भएका छन् ।

यस्तै संस्थाको सदस्यहरुमा रविन्द्र घिमिरे, रमेश घिमिरे, कञ्चन तामाङ, देवकी अधिकारी, शुष्मिता श्रेष्ठ र रामप्रसाद घिमिरे रहेका छन् ।
यस्तै संस्थाको सल्लाहकारहरुमा ध्रुवजी अधिकारी, विष्णुप्रसाद घिमिरे र ज्ञानेन्द्र प्रसाद अधिकारी रहेका छन् ।
यसैविच संस्थाले आफ्नो २१ औ वार्षिकउत्सवको अवसर पारेर त्रिशुली अस्पतालका ५० जना विरामीका साथै देविघाटमा रहेको जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा रहेका बृद्धबृछाहरुलाई फलफुल वितरण गरेको छ ।
यस्तै संस्थाले स्थापना दिवसको अवसर पारेर असहाय तथा जेहन्दार विद्यार्थीहरुलाई छात्रवृति समेत प्रदान गरेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












फेरि ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो ?
युनाइटेड आधारभुत विद्यालयलाई लुम्बिनी विकास बैंकको डेक्स बेन्च सहयोग
चुनावमा पछारिइसक्यौं, अब अहंकार त्यागेर मिलौं : गुरुङ
खेलकुद क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनु आवश्यक छ : लामिछाने
चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत् सेवा सञ्चालनमा





प्रतिक्रिया