तेस्रो एनयुएफसी कप फुटवल : उपाधिको लागि जेडि र चन्द्रज्योति भिड्ने

विदुर खबर २०८० फागुन १८ गते २०:०९

नुवाकोट । बट्टारमा जारी स्वर्गीय धन लामा तामाङ स्मृति तेस्रो एनयुएफसी कप प्रतियोगिताको छात्रतर्फको उपाधिको लागि जेडि बोर्डिङ स्कुल र चन्द्रज्योती मावि भिड्ने भएका छन् ।

Advertisement

शुक्रवार नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदान बट्टारमा सम्पन्न भएको सेमिफाईनल खेलमा जेडिले भिमसेन माविलाई र चन्द्रज्योतीले च्वाडी माविलाई पराजित गरि उपाधिको नजिक पुगेका हुन् ।

शुक्रवारको पहिलो खेलमा जेडिले भिमसेन माविलाई २–० गोल अन्तरले पराजित गरेको हो । जेडिलाई जिताउन दोस्रो हाफको २० औ मिनेटमा सम्राट तामाङ र २४ औ मिनेटमा समिर रिजालले गोल गरेका थिए ।

Advertisement

खेलको म्यान अफ दी म्याच जेडिका समिर रिजाल घोषित भए ।

यस्तै शुक्रवार नै भएको दोस्रो प्रतिष्पर्धात्मक खेलमा चन्द्रज्योति माविले च्वाडी माविलाई ट्राइवेकरमा ५–४ गोल अन्तरले पराजित गरेको छ । यसअघि निर्धारित समयमा खेल एक/एक गोलको वरावरीमा टुङ्गिएपछि खेल ट्राइवेकरमा धकेलिएको थियो ।

Advertisement

खेलको दोस्रो हाफको ४० औ मिनेटमा च्वाडीका रोहित सडौलाले गोल टोलीलाई गर्दै अग्रता दिलाए पनि धेरै अग्रता धेरै समय कायम गर्न सकेन । लगत्तै चन्द्रज्योतिका सोनाम तामाङले गोल गर्दै खेल १/१ गोलको वरावरीमा पुराएका थिए ।

त्यसपछि खेलमा दुबै टोलीले गोल गर्न सकेनन् । खेल ट्राइवेकरतर्फ धकेलिएको थियो । खेलमा उत्कृष्ट प्रर्दशन गरेका च्वाडीका सोनाम तामाङ नै म्यान अफ दि म्याच घोषित भए ।

प्रतियोगिता अन्र्तगत शनिवार फाईनल खेलहरु हुनेछन् ।

प्रतिक्रिया