गल्छी-स्याफ्रुवेसी सडक योजनाले इम्मोर्ट कन्स्ट्रक्सनसँग ठेक्का तोड्यो

विदुर खबर २०८० फागुन १७ गते १३:१५

नुवाकोट । गल्छी त्रिशुली मैलुङ स्याफ्रुवेसी रसुवागडी सडक योजनाले तिरतिरे पहिरोको प्रोटेक्सनको काम गरिरहेको इम्मोर्टल कन्स्ट्रक्सनसँग ठेक्का तोडेको छ।

Advertisement

योजनाले बिहीवार सूचना जारी गर्दै ठेक्का सम्झौता तोडिएको जनाएको छ । कम्पनीले २०७७ चैत २५ गते ठेक्का सम्झौता गरेको थियो। त्यही अनुसार २०७९ चैत २४ गते निर्माण कार्य सम्पन्न गर्नुपर्ने थियो । तर हालसम्म पनि कामले तीव्रता पाउन नसकेपछि योजनाले ठेक्का तोडेको हो ।
योजनाले पटक(पटक निर्माण कार्य सम्पन्न गर्न निर्माण कम्पनीलाई लिखित तथा मौखिक ताकेता गर्दा पनि कम्पनीले बेवास्ता गरेपछि ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएको थियो ।

योजनाले निर्माण कम्पनीलाई यथाशीघ्र साइट छोड्न निर्देशन समेत दिएको छ।

Advertisement

प्रतिक्रिया