लुम्बिनी विकास बैंक बट्टार शाखाको बच्छला माविलाई सहयोग

विदुर खबर २०८० फागुन १६ गते १३:१२

नुवाकोट । लुम्बिनी विकास बैंक लिमिटेड बट्टार शाखाले विदुर ७ मा रहेको श्री बच्छला देबि माध्यामिक विद्यालयलाई सहयोग गरेको छ ।

Advertisement

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बच्छला देबि माध्यामिक बिद्यालयलाई ५० थान कुर्सि हस्तान्तरण गरको छ ।

बैंकले एक कार्यक्रमको आयोजना गरि सो सामाग्री बट्टार शाखाका शाखा प्रमुख विश्वम्भरमान सिंह डंगोलले विद्यालयका प्रधानाध्यापक रामचन्द्र अधिकारीलाई हस्तान्तरण गरे ।

Advertisement

विद्यालयलाई कुर्सि प्राप्त भएपछि प्रअ अधिकारीले खुशी व्यक्त गरे । उनले सामुदायिक विद्यालयको शैक्षिक र भौतिक विकासमा सबै सरोकारवाला निकायहरुको सहयोग खाँचो रहेको बताए ।

कुर्सि हस्तान्तरण कार्यक्रममा लुम्बिनी विकास बैँक लिमिटेड ढिकुरे शाखाका शाखा प्रमुख सुर्य कुमार पण्डित लगायत विदुर नगरपालिका वडा नम्बर ७ का वडा सदस्य, विद्यालयका शिक्षक शिक्षिकाहरु, विद्यार्थीहरुको समेत उपस्थिति रहेको थियो ।

Advertisement

लुम्बिनी विकास बैंक लिमिटेडको हाल देशका सातवटै प्रदेशमा गरी ८९ वटा शाखाहरु कार्यालयहरु तथा एक एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेका छन् ।

लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा ” भन्ने नाराका साथ आफ्ना ग्राहकहरुलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्धेश्यले बैंकले मुद्दती खातामा मासिक रुपमा ब्याज प्रदान गर्ने बिशेष योजना समेत कार्यान्वयनमा ल्याएको छ ।

 

प्रतिक्रिया