लुम्बिनी विकास बैंक बट्टार शाखाको बच्छला माविलाई सहयोग
नुवाकोट । लुम्बिनी विकास बैंक लिमिटेड बट्टार शाखाले विदुर ७ मा रहेको श्री बच्छला देबि माध्यामिक विद्यालयलाई सहयोग गरेको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बच्छला देबि माध्यामिक बिद्यालयलाई ५० थान कुर्सि हस्तान्तरण गरको छ ।
बैंकले एक कार्यक्रमको आयोजना गरि सो सामाग्री बट्टार शाखाका शाखा प्रमुख विश्वम्भरमान सिंह डंगोलले विद्यालयका प्रधानाध्यापक रामचन्द्र अधिकारीलाई हस्तान्तरण गरे ।
विद्यालयलाई कुर्सि प्राप्त भएपछि प्रअ अधिकारीले खुशी व्यक्त गरे । उनले सामुदायिक विद्यालयको शैक्षिक र भौतिक विकासमा सबै सरोकारवाला निकायहरुको सहयोग खाँचो रहेको बताए ।
कुर्सि हस्तान्तरण कार्यक्रममा लुम्बिनी विकास बैँक लिमिटेड ढिकुरे शाखाका शाखा प्रमुख सुर्य कुमार पण्डित लगायत विदुर नगरपालिका वडा नम्बर ७ का वडा सदस्य, विद्यालयका शिक्षक शिक्षिकाहरु, विद्यार्थीहरुको समेत उपस्थिति रहेको थियो ।
लुम्बिनी विकास बैंक लिमिटेडको हाल देशका सातवटै प्रदेशमा गरी ८९ वटा शाखाहरु कार्यालयहरु तथा एक एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेका छन् ।
लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा ” भन्ने नाराका साथ आफ्ना ग्राहकहरुलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।
ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्धेश्यले बैंकले मुद्दती खातामा मासिक रुपमा ब्याज प्रदान गर्ने बिशेष योजना समेत कार्यान्वयनमा ल्याएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदुरका एसईई उत्तीर्ण विद्यार्थीलाई निशुल्क कम्प्युटर डिप्लोमा कोर्स
किस्पाङका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा दुहुनो गाई भैंसी वितरण
ब्लड डोनर्स एसोसिएसन नुवाकोटको रत्तदान कार्यक्रम सम्पन्न
नुवाकोटको तारकेश्वरका विक्रम थापा मगर पक्राउ
लाङटाङमा रोपिएको स्याउ सप्रिएपछि गाउँले खुशी





प्रतिक्रिया