आमासँग लिभिङ टुगेदर, छोरीमाथि बलात्कार !

विदुर खबर २०७५ असोज १३ गते १:१९

Advertisement

ललितपुर, तेह्रथुमका २० वर्षीय पाइलोस कुरुम्वाङ लिम्बु ४ वर्ष अघि फोहोरमैला उठाउने रिक्सा चलाउँथे । उनको गुजारा यसै गरी चलेको थियो । धोबीघाटमा ३० वर्षीया मन्थली क (नाम परिवर्तित) ले खानानास्ता खुवाउने सामान्य होटल राखेकी थिइन् ।

लिम्बु त्यही होटलमा बिहान–बेलुका खाना–खाजा खान्थे । श्रीमान्सँग छुट्टिएर होटल चलाउँदै आएकी मन्थलीको मन पनि कमलो । त्यसरी खान थालेको महिना दिन नबित्दै उनी र होटल साउनीबीच हिकचिम बढ्यो । यो हिमचिम लिभिङ टुगेदरसम्म पुग्यो । उनको साथमा छोरी समेत थिइन् । सामान्य होटल राम्रोसँग नचल्दा छोरी पढाउन, पसलको सामान जोर्न र दैनिक गुजारा चलाउन मुस्किलै थियो मन्थलीलाई । त्यसैले उनीहरू खुसीराजीले लिभिङ टुगेदरमा बस्न पुगे ।

Advertisement

मन्थलीले खुसीका दिन आएजस्तो महसुस गर्न थालिन् । झड्केलो छोरीलाई भए पनि लिम्बुले उनलाई नजिकैको बोर्डिङ स्कुलमा पढाए । ११ वर्षीया जवलाखेल क्ष (नाम परिवर्तन) लिम्बुलाई बुबा भनी सम्बोधन गर्थिन् । समय बितेर तीन वर्ष पुग्नै लागेको थियो लिम्बुको मनमा पाप पलाउन थाल्यो ।एक दिन बिहान स्कुल गएकी छोरी साँझ फर्किनन् । त्यो दिन थियो, जेठ २० गतेको । रातिसम्म छोरी नफर्केपछि मन्थली चिन्तित भइन् । छोरी कतै भेटिइनन् । भोलिपल्टै महानगरीय प्रहरी परिसर जवलाखेलमा खोजी दिन आग्रह गर्दै निवेदन दिइन् । निवेदन दिएको भोलिपल्टै छोरी प्रहरी परिसरको सम्पर्कमा आउँदा मन्थलीको खुसीको सीमा रहेन । परिसरमै छोरीलाई काखीमा च्यापेर माया साटिन् ।

तर उनको खुसीको क्षण केहीबेर पनि टिक्न पाएन । छोरीले सौताने बाबुको दुव्र्यवहार र मार्ने धम्कीले गर्दा घर छोड्नुपरेको बताइन् । उनमा पीडा र आक्रोश थपिएपछि उक्त घटनाले नयाँ मोड लियो । प्रहरीले अनुसन्धान थाल्यो । अनुसन्धानमा परिसरका प्रहरी अधिकारीहरू जुटे । प्रहरीले ती बालिकासँग थप बयान लियो । उनले पछिल्लोपटक जेठ १९ गते बिहान होमवर्क गरिरहेको बेला कथित बाबुले गरेका सबै कतुर्त र पीडा जस्ताको तस्तै सुनाइन् । उनले त्यो भन्दा पहिले पनि लिम्बुले मनपर्ने चिजहरु किनिदिने र हल्ला गरे मारिदिने धम्की दिँदै कुकार्य गर्ने गरेको नालीबेली सुनाइन् ।

Advertisement

कक्षा ५ मा अध्ययनरत उनी ३ कक्षामा पढ्दाताका पनि लिम्बुबाटै बलात्कृत भएकी रहिछन् । आमालाई रगत बगेको कुरा सुनाउँदा महिनावारी भएको भनेर प्याड लगाउन दिएकी थिइन् । महिनावारी भएको बेला पनि करणी गरेर गर्भ रोक्ने औषधी खान कर गर्दै मार्ने धम्की दिएकाले छोरीले पापी बुबाको कर्तुत आमालाई सुनाएकी थिइनन् ।
उता प्रहरीको नियन्त्रणमा रहेका लिम्बुले बयानमा आफ्नो अपराध स्वीकारेका छन् । उनीविरुद्ध जिल्ला अदालत ललितपुरले कैद र जरिवानाको फैसला सुनाइसकेको छ । सरकारी वकिलको कार्यालयका अनुसार फैसलामा उनलाई १५ वर्षसम्म कैद र ५ लाख रुपियाँ क्षतिपूर्ति भराउन आदेश दिइएको छ । सरकारी वकिल रमेश भट्टराईले तत्काल प्रचलित मुलुकी ऐन जबरजस्ती करणी महलअनुसार पीडकलाई अदालतले १५ वर्ष कैद र ५ लाख रुपियाँ क्षतिपूर्ति तिर्न फैसला सुनाएको प्रस्ट पार्नुभयो । लिम्बुविरुद्ध न्यायाधीश रमेशप्रसाद रिजालको एकल इजलासले गत भदौ २१ गते उक्त फैसला सुनाएको हो ।

 

प्रतिक्रिया