तेस्रो एनयुएफसी कप फुटवल : जेडि बोर्डिङको विजयी शुरुवात
नुवाकोट । नुवाकोटको बट्टारमा तेस्रो एनयुएफसी छात्र तथा छात्रा अन्तर विद्यालय जिल्लास्तरिय फुटबल प्रतियोगितामा जेडि बोर्डिङ स्कुलले विजयी शुरुवात गरेको छ ।
आज भएको उद्घाटन खेलमा जेडिले शुभेनियर स्कुललाई ४–० गोल अन्तरले प।ाजित गर्दै क्वाटरफाईनल प्रवेश गरेको छ । आज जेडिलाई विजय गराउन ईमन कुमालले खेलको ६२ र ७५ मिनेटमा गोल गरेका थिए ।
त्यस्तै खेलको १२ मिनेटमा शुभेनियरका रिन्चेत लामाले आत्मघाती गोल गरेका थिए । थप एक गोल खेलको ६५ औ मिनेटमा सक्षम घिमिरेले गरेका थिए ।
प्रतियोगितामा विजयी भएको जेडिले सेमिफाइनल प्रवेशको लागि अर्किड एकेडेमी र संस्कृत माविको विजेतासँग मंगलवार प्रतिष्पर्धा गर्नेछ ।
प्रतियोगिता अन्र्तगत शनिवारको पहिलो खेलमा अर्किड एकेडेमी र संस्कृत मावि देविघाटको खेल विहान ८ बजे हुने छ ।
नुवाकोट युनाइटेड फुटबल क्लबको आयोजना तथा अन्नपुर्ण निर्माण सेवा प्रालिको मुख्य प्रायोजनमा भएको प्रतियोगिता आगामी शनिवारसम्म संचालन हुने छ ।
नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदानमा भइरहेको प्रतियोगितामा जिल्लाका विभिन्न १७ विद्यालयको सहभागिता रहेको छ ।प्रतियोगितामा छात्रतर्फ प्रथम र द्वितीय हुनेले क्रमशः ३० हजार र १५ हजार रुपैयाँ नगद राशीसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने क्लबका अध्यक्ष कोइरालाले जानकारी दिए ।
यस्तै, छात्रातर्फ प्रथम र द्वितीय हुनेले क्रमशः १५ हजार र ७ हजार रुपैयाँ नगद राशीसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिता नकआउटका आधारमा खेलाइने छ । प्रतियोगितामा छात्रतर्फ १६ टिम रहेका छन् भने छात्रातर्फ ६ टिम रहेको आयोजकले जानकारी दिएको छ ।
प्रतियोगितामा अनुशासित टिम, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई समेत मेडल, ट्रफी र प्रमाणपत्रको व्यवस्था गरिएको क्लबका अध्यक्ष कोइरालाले जानकारी दिए ।
प्रतियोगिताको अनुमानित लागत झण्डै साढे ६ लाख रुपैयाँ रहेको आयोजकले जानकारी दिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया