तेस्रो एनयुएफसी कप फुटवल प्रतियोगिता शुरु

विदुर खबर २०८० फागुन ११ गते १६:०६

नुवाकोट । तेस्रो एनयुएफसी छात्र तथा छात्रा अन्तर विद्यालय जिल्लास्तरिय फुटबल प्रतियोगिता शुरु भएको छ ।

Advertisement

नुवाकोट युनाइटेड फुटबल क्लबको आयोजना तथा अन्नपुर्ण निर्माण सेवा प्रालिको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको उद्घाटन विदुर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष निलमवावु ढुङ्गेलले गरेका हुन् ।

नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदानमा भइरहेको प्रतियोगिताको उद्घाटन खेलमा अहिले सुभेनियर बोर्डिङ स्कुल र जेडि बोर्डिङ स्कुलवीच प्रतिष्पर्धा भइरहेको छ ।

Advertisement

प्रतियोगितामा जिल्लाका विभिन्न १७ विद्यालयको सहभागिता रहेको नुवाकोट युनाईटेड फुटवल क्लवका अध्यक्ष रामकुमार कोइरालाले जानकारी दिए । अन्नपुर्ण निर्माण सेवा प्रालिको मुख्य भएकोले प्रतियोगिताको नामाकरण स्वर्गीय धन लामा तामाङ स्मृति तेस्रो एनयुएफसी कप २०८० गरिएको छ ।

प्रतियोगितामा छात्रतर्फ प्रथम र द्वितीय हुनेले क्रमशः ३० हजार र १५ हजार रुपैयाँ नगद राशीसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने क्लबका अध्यक्ष कोइरालाले जानकारी दिए । यस्तै, छात्रातर्फ प्रथम र द्वितीय हुनेले क्रमशः १५ हजार र ७ हजार रुपैयाँ नगद राशीसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

Advertisement

प्रतियोगिता नकआउटका आधारमा खेलाइने छ । प्रतियोगितामा छात्रतर्फ १६ टिम रहेका छन् भने छात्रातर्फ ६ टिम रहेको आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा अनुशासित टिम, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई समेत मेडल, ट्रफी र प्रमाणपत्रको व्यवस्था गरिएको क्लबका अध्यक्ष कोइरालाले जानकारी दिए ।

प्रतियोगिताको अनुमानित लागत झण्डै साढे ६ लाख रुपैयाँ रहेको आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया