तेस्रो एनयुएफसी कप फुटवल प्रतियोगिता शुक्रवारदेखि शुरु हुने
नुवाकोट । नुवाकोट युनाइटेड फुटबल क्लबको आयोजनामा यहि फाुगन ११ गतेदेखि तेस्रो एनयुएफसी छात्र तथा छात्रा अन्तर विद्यालय जिल्लास्तरिय फुटबल प्रतियोगिता हुने भएको छ ।
अन्नपुर्ण निर्माण सेवा प्रालिको मुख्य प्रायोजनमा हुने प्रतियोगिताको नामाकरण स्वर्गीय धन लामा तामाङ स्मृति तेस्रो एनयुएफसी कप २०८० गरिएको छ ।
प्रतियोगितामा छात्रतर्फ प्रथम र द्वितीय हुनेले क्रमशः ३० हजार र १५ हजार रुपैयाँ नगद राशीसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने क्लबका अध्यक्ष रामकुमार कोइरालाले जानकारी दिए ।
यस्तै, छात्रातर्फ प्रथम र द्वितीय हुनेले क्रमशः १५ हजार र ७ हजार रुपैयाँ नगद राशीसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा हुने प्रतियोगिता नकआउटका आधारमा खेलाइने छ ।
प्रतियोगितामा छात्रतर्फ १६ टिम रहेका छन् भने छात्रातर्फ ६ टिम रहेको आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा अनुशासित टिम, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई समेत मेडल, ट्रफी र प्रमाणपत्रको व्यवस्था गरिएको क्लबका अध्यक्ष कोइरालाले जानकारी दिए ।

प्रतियोगिताको खेल तालिका सार्वजनिकको क्रममा क्लबका प्रतिनिधिहरु ।
प्रतियोगिताको अनुमानित लागत झण्डै साढे ६ लाख रुपैयाँ रहेको आयोजकले जानकारी दिएको छ । आयोजकले प्रतियोपगतामा सहभागि भएका प्रत्येक टिमलाई म्याच वल समेत प्रदान गरेको छ ।
प्रतियोगिताको ड्र सार्वजनिक
यसैविच फाुगन ११ गतेदेखि शुरु हुने तेस्रो एनयुएफसी छात्र तथा छात्रा अन्तर विद्यालय जिल्लास्तरिय फुटबल प्रतियोगिताको ड्र सार्वजनिक गरिएको छ ।
जसमा छात्रतर्फ समुह ए मा सुभेनियर बोर्डिङ स्कुल, जेडि बोर्डिङ स्कुल, अर्किड एकेडेमी, शहिद जगत प्रकाश जंग शाह संस्कृत मावि, त्रिभुवन त्रिशुली मावि, भिमसेन मावि, दाङसिंह मावि र पन्चमिलन कलादेवि मावि रहेका छन् ।
यस्तै समुह बि मा चन्द्रज्योती मावि, अमरज्योति मावि, त्रिशुली सामुदायिक बोर्डिङ स्कुल, शिलादेवी मावि, तिनधारे पिपलडाँडा मावि, महेन्द्र मावि, रणभुवनेश्वरी मावि र च्वाडी मावि रहेका छन् ।
त्यस्तै छात्रातर्फ सामुह ए मा अर्किड एकेडेमी, भैरवी मावि र शहिद जगत प्रकाश जंग शाह संस्कृत मावि रहेका छन् । यस्तै समुह बि मा पन्चमिलन कलादेवि मावि, जेडि बोर्डिङ स्कुल र सुभेनियर बोर्डिङ स्कुल रहेका छन् ।
प्रतियोगिताको उद्घाटन खेलमा सुभेनियर बोर्डिङ स्कुल र जेडि बोर्डिङ स्कुलवीच प्रतिष्पर्धा हुने छ ।
प्रतियोगिताको खेल तालिका यस्तो रहेको छ ।

- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु





प्रतिक्रिया