तेस्रो एनयुएफसी कप फुटवल प्रतियोगिता शुक्रवारदेखि शुरु हुने

विदुर खबर २०८० फागुन ९ गते २०:३३

नुवाकोट । नुवाकोट युनाइटेड फुटबल क्लबको आयोजनामा यहि फाुगन ११ गतेदेखि तेस्रो एनयुएफसी छात्र तथा छात्रा अन्तर विद्यालय जिल्लास्तरिय फुटबल प्रतियोगिता हुने भएको छ ।

Advertisement

अन्नपुर्ण निर्माण सेवा प्रालिको मुख्य प्रायोजनमा हुने प्रतियोगिताको नामाकरण स्वर्गीय धन लामा तामाङ स्मृति तेस्रो एनयुएफसी कप २०८० गरिएको छ ।

प्रतियोगितामा छात्रतर्फ प्रथम र द्वितीय हुनेले क्रमशः ३० हजार र १५ हजार रुपैयाँ नगद राशीसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने क्लबका अध्यक्ष रामकुमार कोइरालाले जानकारी दिए ।

Advertisement

यस्तै, छात्रातर्फ प्रथम र द्वितीय हुनेले क्रमशः १५ हजार र ७ हजार रुपैयाँ नगद राशीसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा हुने प्रतियोगिता नकआउटका आधारमा खेलाइने छ ।

प्रतियोगितामा छात्रतर्फ १६ टिम रहेका छन् भने छात्रातर्फ ६ टिम रहेको आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा अनुशासित टिम, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई समेत मेडल, ट्रफी र प्रमाणपत्रको व्यवस्था गरिएको क्लबका अध्यक्ष कोइरालाले जानकारी दिए ।

 प्रतियोगिताको खेल तालिका सार्वजनिकको क्रममा क्लबका प्रतिनिधिहरु ।

Advertisement

प्रतियोगिताको अनुमानित लागत झण्डै साढे ६ लाख रुपैयाँ रहेको आयोजकले जानकारी दिएको छ । आयोजकले प्रतियोपगतामा सहभागि भएका प्रत्येक टिमलाई म्याच वल समेत प्रदान गरेको छ ।

प्रतियोगिताको ड्र सार्वजनिक

यसैविच फाुगन ११ गतेदेखि शुरु हुने तेस्रो एनयुएफसी छात्र तथा छात्रा अन्तर विद्यालय जिल्लास्तरिय फुटबल प्रतियोगिताको ड्र सार्वजनिक गरिएको छ ।

जसमा छात्रतर्फ समुह ए मा सुभेनियर बोर्डिङ स्कुल, जेडि बोर्डिङ स्कुल, अर्किड एकेडेमी, शहिद जगत प्रकाश जंग शाह संस्कृत मावि, त्रिभुवन त्रिशुली मावि, भिमसेन मावि, दाङसिंह मावि र पन्चमिलन कलादेवि मावि रहेका छन् ।

यस्तै समुह बि मा चन्द्रज्योती मावि, अमरज्योति मावि, त्रिशुली सामुदायिक बोर्डिङ स्कुल, शिलादेवी मावि, तिनधारे पिपलडाँडा मावि, महेन्द्र मावि, रणभुवनेश्वरी मावि र च्वाडी मावि रहेका छन् ।

त्यस्तै छात्रातर्फ सामुह ए मा अर्किड एकेडेमी, भैरवी मावि र शहिद जगत प्रकाश जंग शाह संस्कृत मावि रहेका छन् । यस्तै समुह बि मा पन्चमिलन कलादेवि मावि, जेडि बोर्डिङ स्कुल र सुभेनियर बोर्डिङ स्कुल रहेका छन् ।

प्रतियोगिताको उद्घाटन खेलमा सुभेनियर बोर्डिङ स्कुल र जेडि बोर्डिङ स्कुलवीच प्रतिष्पर्धा हुने छ ।

प्रतियोगिताको खेल तालिका यस्तो रहेको छ ।

 

प्रतिक्रिया