हजार र पाँच सयका नोट प्रतिबन्ध लगाऔं : अर्जुन नरसिंह केसी
नुवाकोट । नेपाली कांग्रेसका नेता अर्जुननरसिह केसीले एक हजार र पाँच सयका प्रतिबन्ध लगाउनुपर्ने प्रस्ताव पार्टी बैठकमा राखेका छन् ।
भ्रष्टचार नियन्त्रणका लागि एक हजार र पाँच सयका नोटमा प्रतिबन्ध लगाउनुपर्ने उनको मत छ । त्यसका लागि पार्टीले नेतृत्व लिएर कार्यान्वयन गर्नुपर्ने सुझाव पार्टीको महासमिति बैठकमा उनले राखे ।
‘माफिया, विचौलिया, कालोधनका धनपतिले सत्तामा पकड जमाएका छन् भन्ने आम विश्वास छ,’ केसीले महासमिति बैठकमा लिखित मन्तव्य राख्दै भने,‘देशको मुद्रालाई कालोधनको माध्यम बन्न नदिन विमुद्रीकरण गर्नुपर्ने आवश्यकता छ ।’
नेता केसीले संविधान संशोधनका लागि परामर्शको थालनी कांग्रेसले लिनुपर्ने सुझाव दिएका छन् ।
निर्वाचन प्रणाली सुधार, गठबन्धनलाई बनाउन वाध्य पार्ने समानुपातिक प्रणालीको खारेजी, संघीय र प्रदेश सांसदको आकार घटाउन संविधान संशोधनको आवश्यकता रहेको उनले बताए ।
पार्टीमा एक व्यक्ति एक पदको नीति अनिवार्य लागु गर्नुपर्ने केसीले बताए । १५ औं महाधिवेशन नियमित समय अनुसार २०८२ मंसिरभित्र हुनुपर्ने उनको माग छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए
घाँस काट्ने क्रममा लडेर ७२ वर्षीय वृद्धाको मृत्यु 





प्रतिक्रिया