नुवाकोटमा राष्ट्रपति रनिङ्गशिल्ड खेलकुद प्रतियोगिता सुरु

विदुर खबर २०८० फागुन ८ गते २१:१३

नुवाकोट । नुवाकोटमा आजदेखि १३ औ जिल्लास्तरीय राष्ट्रपति रनिङ्गशिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।

Advertisement

जिल्ला खेलकुद विकास समिति नुवाकोटको आयोजनामा विदुर ४ बट्टारमा रहेको नुवाकोट आर्दश बुहुमुखी क्याम्पसको खेल मैदानमा प्रतियोगिता शुरु भएको हो ।

प्रतियोगितामा जिल्लाको १० वटा पालिकाका झण्डै एक हजारभन्दा बढी विद्यालयका विद्यार्थीहरुले भाग लिएको जिल्ला खेलकुद विकास समिती नुवाकोटका अध्यक्ष सन्तोष राईले जानकारी दिए ।

Advertisement

प्रतियोगितमा भलिवल, एथेलिटिक्स, कवडी, कराते, तेक्वान्दो र उशु प्रतियोगिता संचालन हुने छ । प्रतियोगिताको उद्घाटन पुर्व युवा तथा खेलकुद मन्त्रि तथा नुवाकोट क्षेत्र नं १ का सघिय सांसद हितबहादुर तामाङ गरेका छन् ।

प्रतियोगिताको उद्घाटन गर्दे तामाङले देशलाई चिनाउने मूख्य माध्यम खेलकुद क्षेत्र भएको बताए । उनले खेलकुदले शरिर मात्र नभई मस्तिष्क समेत ताजा वनाउन मद्धत पुग्ने बताए ।

Advertisement

खेलकुदको विविध आयाम विद्यार्थी जीवनवाट नै शुरु हुने र खेलकुदको माध्यामवाट समाज र देशको पहिचानमा पनि महत्वपुर्ण भुमिका खेल्ने हुदाँ विद्यार्थी जीवन देखी नै यसको प्रयोग हुुनुपर्ने तामाङ भनाई रहेको छ ।

दुई दिनसम्म चल्ने प्रतियोगिताको विजयी खेलाडीहरुले जिल्लाको प्रतिनिधित्य गर्दै प्रदेशस्तरीय प्रतियोगितामा सहभागिता जनाउने जिल्ला खेलकुद विकास समिति नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया