नुवाकोट महोत्सव आज सम्पन्न हुँदै

विदुर खबर २०८० फागुन ७ गते ९:१९

नुवाकोट । नुवाकोटको विदुरमा जारी आठौँ नुवाकोट महोत्सव आज समापन हुँदै छ ।

Advertisement

विदुरमा भइरहेको महोत्सव आज विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले समापन गर्ने कार्यक्रम रहेको छ । महोत्सवमा टिकट विक्रीबाट झण्डै १३ लाख रुपैयाँ उठेको नुवाकोट उद्योग वाणिज्य संघले जनाएको छ ।

महोत्सवको माघ २६ गते प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका थिए । महोत्सवमा २ सय ५० भन्दा बढी स्टल रहेको छ ।

Advertisement

प्रतिक्रिया