फेरि बढ्यो पेट्रोलिम पदार्थको मूल्य
विदुर खबर
२०८० फागुन ३ गते २१:३२
नुवाकोट । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
इन्डियन आयल कर्पोरेसनबाट मूल्य बढेर आएकोले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरेको निगमले जनाएको छ । भाउ बढेसँगै काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १ सय ७२ तथा डिडिजेल र मट्टितेलमा प्रतिलिटर १ सय ६० रुपैयाँ पुगेको छ ।
निगमका प्रवक्ता मनोज ठाकुरले बिहीबार साँझ जारी गरेको विज्ञप्तिअनुसार नयाँ मूल्य आज मध्यरातिदेखि लागू हुनेछ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको विज्ञप्तिमा उल्लेख छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












बागमती प्रदेशका अस्पतालमा रेबिजविरुद्धको खोप अभाव
बागमती प्रदेश उद्योग बाणिज्य संघको अध्यक्षमा श्रेष्ठ निर्वाचित
इरान–अमेरिका बीच दुई हप्ते युद्धविराम सहमति
बढी शुल्क र भर्ना लिए तत्काल कारबाही गर्न स्थानीय तहलाई पत्राचार





प्रतिक्रिया