विदुर ५ मा बच्चा जन्मिए पाँच हजार पाइने

विदुर खबर २०८० फागुन ३ गते २०:४३

नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ५ ले वडाभित्र जन्मिएका बालबालिकाहरुहरुलाई पाँच हजार रुपैयाँ दिन शुरु गरेको छ ।

Advertisement

वडा कार्यालयले गत असारमा सम्पन्न भएको नगरसभाबाट आर्थिक वर्ष ०८०÷८१ देखि वडाभित्र बच्चा जन्मिएर ३५ दिनभित्र जन्मदर्ता गरेमा प्रोत्साहन स्वरुप बालबालिकाहरुलाई ५ हजार रुपैयाँ दिने घोषणा गरेको थियो । जसअनुसार वडा कार्यालयले साउन महिनादेखि जन्मिएका बालबालिकालाई नगद पाँच हजार रुपैयाँ वितरण गर्न थालेको हो ।

वडा कार्यालयले बच्चा जन्मेको ३५ दिनभित्र जन्मदर्ता गर्ने बालबालिकालाई पाँच हजार रुपैयाँ दिने र बच्चाका सम्बन्धित अभिभावकले पाँच हजार रुपैयाँ थप गरेर १० हजार रुपैयाँ बैंकमा खाता खोलेर राखिएको वडाध्यक्ष लिलानाथ न्यौपानेले जानकारी दिए ।

Advertisement

जम्मा भएको रकम १५ वर्ष झिक्न नपाउने गरी सम्बन्धित बालबालिकाको नाममा जम्मा गर्न थालिएको छ । वडाध्यक्ष न्यौपानेले बालबालिकाको जन्मदर्ता गर्न प्रोत्साहन गर्ने र बाबालिकाको समग्र विकासका लागि बालबालिकासँग वडाध्यक्ष कार्यक्रम समेत सञ्चालन गरिएको बताए ।
हालसम्म वडा कार्यालयमा जन्मिएका २६ जना बालबालिकाहरुलाई सो रकम दिइ सकेको वडा कार्यालयले जनाएको छ ।

वडामा प्रत्येक वर्ष ८० देखि ९० जना बालबालिका जन्मने गरेको भन्दै यो कार्यक्रमका लागि पाँच लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
त्यस्तै विदुर नगरपालिकाका पुर्व मेयर शिवप्रसाद गजुरेलले वडाले सरायिन काम गरेको भन्दै यसलाई देशव्यापी बनाउनुपर्ने बताए । उनले वडाले दिएको सुविधाहरुलाई जनताहरुले पनि उपयोग गर्न जान्नुपर्ने बताए ।

Advertisement

वडा कार्यालयले चलाएको यो अभियानले प्रत्यक्ष जनजीवनसँग सरोकार राख्ने भएकोले वडा वडामा सिंहदरवार आएको महसुस भएको स्थानियले बताएका छन् । हेर्दा सानो रकम देखिएपनि समय सान्र्दभिक र बैज्ञानिक रहेको स्थानिय राजकुमार अर्र्यालले बताए।

यो कार्यक्रम सफल भएमा आगामी आर्थिक वर्ष ०८१/८२ मा मृत्यु भएका परिवारलाई पाँच हजार रुपैयाँ किरिया खर्च दिने योजना रहेको विदुर नगरपालिका वडा नम्बर ५ को वडा कार्यालयले जानकारी दिएको छ ।

 

प्रतिक्रिया