त्रिभुवन त्रिशुली माविले गर्ने भनिएको दशै महोत्सव चौतर्फी दबाबको कारण स्थगित, स्थगित भएको महोत्सव अब मंसिरमा हुने

विदुर खबर २०७५ असोज १२ गते १३:५०

Advertisement

नुवाकोट असोज १२, त्रिभुवन त्रिशुली उच्च माविले सिभिल इन्जिनियरको पढाई शुरु गर्न भन्दै गर्न लागेको दशै महोत्सव चौतफी दबाब र प्रभावको कारणले स्थगित भएको छ । स्थगित भएको महोत्सव आगामी मंसिरमा हुने सहमति भएको बताइएको छ ।

शुक्रबार विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितको अध्यक्षतामा बसेको बैठकले महोत्सवको मिति आगामी मंसिरमा सारेको हो । विद्यालयलाई नुवाकोट उद्योग वाणिज्य संघ र नुवाकोट कपडा रोडिमेट तथा कस्मेटिक व्यवाियी संघले विद्यालयलाई ३ लाख रुपएया दिने र आगामी मंसिरमा हुने महोत्सव विदुर नगरपालिकाको संरक्षण्मा हुने सहमति भएसँगै महोत्सवको मिति सारिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नविन्द्रमान प्रधानले बताए । प्रधानका अनुसार सारिएको महोत्सव आगामी मंसिर २८ गतेदेखि मंसिर ९ गतेसम्म हुने छ ।

Advertisement

शुक्रबार भएको सहमति अनुसार मंसिरमा हुने महोत्सवको लागि विदुर नगरपालिकाको संयोजनमा हुने महोत्सव नुवाकोट एद्योग वाणिज्य संघको प्रर्वधनमा हुने बताइएको छ । यसअघि त्रिभुवन त्रिशुली उच्च माध्यामिक विद्यालयले आगामी असोज २२ गतेदेखि ३० गतेसम्म दशै महोत्सव गर्न लागेको भन्दै व्यापारीहरु विरोधमा उत्रिएका थिए । महोत्सवले आफुहरुको व्यापारमा असर गर्ने भन्दै व्यवसायीहरु आन्दोलनमा उत्रिएका थिए । नुवाकोटकै सबैभन्दा पुरानो विद्यालय त्रिभुवन त्रिशूली माविले सिसभल इन्जिनियरको अध्यापन गर्न खर्च जुटाउने भन्दै मओत्सव गर्ने बताएपछि नुवाकोटका व्यापारीहरु विरोधमा उत्रिएका थिए । यसअघि विद्यालयलाई महोत्सव स्थगित गनए विभिन्न संघसंस्थाले विभिन्न किसिमको दबाब दिएका थिए ।

यस्तो छ सहमति पत्र

Advertisement

 

प्रतिक्रिया