त्रिभुवन त्रिशुली माविले गर्ने भनिएको दशै महोत्सव चौतर्फी दबाबको कारण स्थगित, स्थगित भएको महोत्सव अब मंसिरमा हुने

नुवाकोट असोज १२, त्रिभुवन त्रिशुली उच्च माविले सिभिल इन्जिनियरको पढाई शुरु गर्न भन्दै गर्न लागेको दशै महोत्सव चौतफी दबाब र प्रभावको कारणले स्थगित भएको छ । स्थगित भएको महोत्सव आगामी मंसिरमा हुने सहमति भएको बताइएको छ ।
शुक्रबार विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितको अध्यक्षतामा बसेको बैठकले महोत्सवको मिति आगामी मंसिरमा सारेको हो । विद्यालयलाई नुवाकोट उद्योग वाणिज्य संघ र नुवाकोट कपडा रोडिमेट तथा कस्मेटिक व्यवाियी संघले विद्यालयलाई ३ लाख रुपएया दिने र आगामी मंसिरमा हुने महोत्सव विदुर नगरपालिकाको संरक्षण्मा हुने सहमति भएसँगै महोत्सवको मिति सारिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नविन्द्रमान प्रधानले बताए । प्रधानका अनुसार सारिएको महोत्सव आगामी मंसिर २८ गतेदेखि मंसिर ९ गतेसम्म हुने छ ।
शुक्रबार भएको सहमति अनुसार मंसिरमा हुने महोत्सवको लागि विदुर नगरपालिकाको संयोजनमा हुने महोत्सव नुवाकोट एद्योग वाणिज्य संघको प्रर्वधनमा हुने बताइएको छ । यसअघि त्रिभुवन त्रिशुली उच्च माध्यामिक विद्यालयले आगामी असोज २२ गतेदेखि ३० गतेसम्म दशै महोत्सव गर्न लागेको भन्दै व्यापारीहरु विरोधमा उत्रिएका थिए । महोत्सवले आफुहरुको व्यापारमा असर गर्ने भन्दै व्यवसायीहरु आन्दोलनमा उत्रिएका थिए । नुवाकोटकै सबैभन्दा पुरानो विद्यालय त्रिभुवन त्रिशूली माविले सिसभल इन्जिनियरको अध्यापन गर्न खर्च जुटाउने भन्दै मओत्सव गर्ने बताएपछि नुवाकोटका व्यापारीहरु विरोधमा उत्रिएका थिए । यसअघि विद्यालयलाई महोत्सव स्थगित गनए विभिन्न संघसंस्थाले विभिन्न किसिमको दबाब दिएका थिए ।
यस्तो छ सहमति पत्र 

http://bidurkhabar.com/2018/09/27/145260/
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटमा कांग्रेसको संस्थापनइतर पक्षद्वारा छुट्टै सम्पर्क कार्यालय स्थापना
बट्टारको क्रियापुत्री भवनलाई वाटर फिल्टर ट्याङ्की हस्तान्तरण
विदुरको १८ प्रस्ताव: ‘एक वडा एक स्मार्ट सिटी’ देखि विपद तालिम केन्द्रसम्म जिल्लामा पेश गरिने
अब त्रिशूलीमा लामो र अग्लो मोटरेबल पुल
मुटु भक्कानीने , भोटेकोशी बाढीको त्यो क्षण





प्रतिक्रिया