त्रिशुली जलविद्युत कम्पनी १ करोड ८६ लाख रुपैयाँ घाटामा

विदुर खबर २०८० फागुन २ गते २१:१४

नुवाकोट । त्रिशुली जलविद्युत कम्पनी लिमिटेड चालु आवको दोस्रो त्रैमाससम्म १ करोड ८६ लाख रुपैयाँ घाटामा रहेको छ ।

Advertisement

अघिल्लो आवको सोहि अवधिसम्म पनि कम्पनी १ करोड ६२ लाख रुपैयाँ घाटामै रहेको थियो । कम्पनीले हाल ३७ मेगावाटको त्रिशुली बीथ्री हाईड्रो इलेक्ट्रिक प्रोजेक्ट आयोजना गरिरहेकाले विद्युत बिक्रीबाट कुनै पनि आम्दानी गरेको छैन ।

यो अवधिसम्म कम्पनीले अन्य आम्दानी भने ३ लाख ५० हजार रुपैयाँ आर्जन गरेको छ । कर्मचारी खर्च १ करोड १९ लाख रुपैयाँ र प्रशासनिक तथा सामान्य खर्च ५८ लाख ६८ हजार रुपैयाँ रहेको कम्पनीको कुल खर्च १ करोड ९० लाख रुपैयाँ रहेको छ ।

Advertisement

समीक्षा अवधिसम्म कम्पनीको नगद मौज्जाद १५ करोड ९५ लाख र कर्जा ३ अर्ब ७१ करोड रुपैयाँ रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति ४८ करोड ७४ लाख र कुल चालु दायित्व २१ करोड २५ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको रिटेन्ड अर्निङ २२ करोड ५ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ ।

Advertisement

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(वार्षिक) १.०१ रुपैयाँ ऋणात्मक,प्रतिसेयर नेटवर्थ ८४.६८ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५९६.१८ गुणा ऋणात्मक अवस्थामा छ ।

प्रतिक्रिया