कपडा तथा सिलाई व्यवसायी संघ नुवाकाटकोे तेस्रो साधारणसभा सम्पन्न

विदुर खबर २०७५ असोज १२ गते ११:५८

Advertisement

विदुर÷कपडा तथा सिलाई व्यवसायी संघ नुवाकाटको तेश्रो साधाराणशभा तथा दोश्रो अधिवेसन सम्पन्न भएको छ ।

नुवाकोटमा छरिएर रहेका कपडा व्यवसायीहरुलाई एकबद्ध बनाउने उदेश्यले वि. स २०७० सालमा संघको स्थापना भएको थियो । संघको साधारणसभामा बोल्नुहुँदै बिदुर नगरपालीकाका उपमेयर गिता दाहालले छरिएर रहेका व्यवसायी एक भएकोमा खुसी व्यत्त गर्नुभयो । उपमेयर दहालले कपडा व्यवसायीका दररेट असमान भएकोले त्यसलाई समान बनाउनुपर्नेमा जोड दिनुभयो ।

Advertisement

कार्यक्रममा नेपाल कपडा तथा ब्यवसायी संघका केन्द्रिय अध्यक्ष रामकृष्ण श्रेष्ठले स्थानिय तहमा सबै अधिकार आएको भन्दै आवश्यकता हेरेर स्थानिय निकायसँग समन्वय गरेर संघले कार्यक्रम बनाउने बताए । त्यस्तै साधारणसभामा बोल्दै नेपाल कपडा तथा सिलाई व्यवसायी संघ नुवाकोटकी सभिव शान्तिदेवी प्रधानले संघले विभिन्न तालिमहरुको आयोजना गरेको भन्दै आगामी दिनमा विविध सिप विकास तथा क्षमता अभिवृद्धिको कार्यक्रम संचालन गर्ने बताए ।

साधारणसभामा दिइएको जानकारी अनुसार नेपाल कपडा तथा सिलाई व्यवसायी संघ नुवाकोट करिव ११ हजार घाटामा गएको छ । जसमा ६१ ह्जा पैयाँ आम्दानी भएको संघमा ७२ हजार रुपैया खर्च भएको संघकी कोषाध्यक्ष नानीमैया कार्कीले विदुरदबरलार्य बताएन । नेपाल कपडा तथा सिलाई व्यवसायी संघ नुवाकोटले असमान रुपमा देखा परेको ज्याला दर आगामी दिनमा समान बनाउन समेत पहल गर्ने बताएको छ ।

Advertisement

प्रतिक्रिया