भोलिदेखि नुवाकोट महोत्सव, प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने
नुवाकोट । नुवाकोट उद्योग वाणिज्य संघको आयोजनामा हुने नुवाकोट महोत्सव शुक्रबार (भोलि) देखि शुरु हुने भएको छ ।
अगामी फुगन ७ गतेसम्म चल्ने महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्डले महोत्सवको विहान ११ बजे औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको उनले बताए । श्रेष्ठका अनुसार प्रधानमन्त्री दाहाल शुक्रबार बिहान हेलिकप्टरबाट महोत्सवको उद्घाटन गर्न आउने कार्यक्रम रहेको छ ।
महोत्सवमा दुईसय ५० भन्दा बढी स्टल रहने नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए । महोत्सवको प्रचार–प्रसार विभिन्न माध्यमबाट तीव्र रूपले भइरहेको संघका महासचिव उपेन्द्र बढाथोकीले जानकारी दिए । महोत्सवको तुल–ब्यानर जिल्लाभरि राख्ने काम भइसकेको, विदुर, बट्टारमा स्वागत गेट बनाइसकिएको छ ।
विगतको भन्दा मितव्ययी ढङ्गले महोत्सव सम्पन्न गर्ने तयारीमा सङ्घ रहेको छ । महोत्सवमा लगभग एक करोड आम्दानी र एक करोड नै खर्च गर्ने योजना बनाएर सङ्घ क्रियाशील भइरहेको सङ्घका कोषाध्यक्ष एवम् महोत्सवको प्रायोजक÷प्रवद्र्धक व्यवस्थापन समितिका संयोजक मेघनाथ घिमिरेले जानकारी दिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













आज क्रिसमस डे मनाइँदै, सार्वजनिक बिदा
नुवाकोटको सूर्यकुण्ड हाईड्रोको आईपीओ खुल्यो
चिलिमे हाइड्रोपावरको बम्पर लाभान्स घोषणा
नेपाल टेलिकमले ३० प्रतिशत लाभान्स दिने
निरञ्जना मन्दिरमा देवीको वहान प्रतिस्थापना





प्रतिक्रिया