नेपाल मगर संघ विदुर र बेलकोटको प्रथम भेला सम्पन्न,नेतृत्व सर्वसहमत

विदुर खबर २०७५ असोज १२ गते ११:०३

Advertisement

नुवाकोट असोज १२, नेपाल मगर संघ विदुर र बेलकोटगढी नगरस्तरीय भेला शुक्रबार सम्पन्न भएको छ । भेला नुवाकोटका अध्यक्ष भगवान राना मगरको सभाध्यक्षतामा सम्पन्न भएको हो ।

भेलाले सर्वसहमत रुपमा नेतृत्व चयन गरेको छ । ३० जनाको सहभागिता रहेको भेलाले बिनोद थापा मगरको अध्यक्षतामा बिदुर नगर समिति गठन गरेको छ । संघको सचिब प्रमिला थापामगर, कोषाध्यक्ष सर्मिला थापामगर चयन भएका छन । त्यस्तै संघको सदस्यहरुमा (बचुमाया सुनारिमगर,महेन्द्र थापामगर,नीरबहादुर थापामगर र रणबहादुर थापामगर चयन भएका छन ।

Advertisement

त्यस्तै बेलकोटगढि नगर समितिको अध्यक्षमा ज्ञान बहादुर राना मगर चयन भएका छन । सचिबमा सन्तबहादुर थापामगर, कोषाध्यक्षमा कबिता दर्ला्मिमगर चयन भएका छन भने सदस्यहरुमा शम्भु रानामगर,सुस्मिता रानामगर र रामचन्द्र रानामगर सर्वसहमत रुपमा चयन भएका छन ।

प्रतिक्रिया