नुवाकोट फुटवल संघले विदुरका ६ खेलाडीहरुलाई प्रतिबन्ध लगायो

विदुर खबर २०८० माघ २२ गते २०:३४

नुवाकोट । नुवाकोट फुटवल संघले विदुर नगरपालिकाका ६ जना खेलाडीहरुलाई प्रतिबन्ध लगाएको छ ।

Advertisement

आज बसेको बैठकले ६ जना खेलाडीहरुलाई एक वर्षदेखि १८ महिनासम्म प्रतिबन्ध लगाएको नुवाकोट फुटवल संघका प्रवत्ता श्रीराम तामाङले विदुर खबरलाई जानकारी दिए ।

तामाङले विदुर मेयर कप अन्तरपालिका स्तरीय फुटवल प्रतियोगिता अन्र्तगत आईतवार भएको फाईनल खेलमा रेफ्री विज्ञान श्रेष्ठमाथि हातपात गरेको भन्दै खेलाडीहरुलाई कारवाही गरिएको जानकारी दिए ।

Advertisement

कारवाही गरेका खेलाडीहरुमा विकास लामिछाने, सन्तोष भुजेल, निराजन थापामगर, मनिष प्याकुरेल, राजाराम चित्रकार र प्रवेश श्रेष्ठ रहेका छन् ।

एन्फाका अनुसार लामिछाने र भुजलेललाई १८ महिना र अन्य ४ जना खेलाडीहरुलाई एक वर्ष एन्फा नुवाकोट तथा अन्य जिल्लामा आयोजना हुने कुनैपनि फुटवल गतिविधिमा संलग्न हुन नपाउने गरि कारवाही गरिएको छ ।

नुवाकोट फुटवल संघले जारी गरेको विज्ञप्ती ।

Advertisement

प्रतिक्रिया