विदुर मेयर कपको उपाधि म्यागङले उचाल्यो

विदुर खबर २०८० माघ २१ गते २०:४२

नुवाकोट । नुवाकोटका विदुर नगरपालिकाले आयोजना गरेको विदुर मेयर कप अन्तरपालिका स्तरीय फुटवल प्रतियोगिताको उपाधि म्यागङ गाउँपालिकाले हात पारेको छ ।

Advertisement

आईतवार सम्पन्न फाईनल खेलमा आयोजक टोली विदुर नगरपालिकालाई ३–२ गतेल अन्तरले पराजित गर्दे म्यागङले उपाधिमाथि कब्जा जमाएको हो ।

म्यागङलाई जित दिलाउन जर्सी नम्बर १० का तेज वहादुर घलले दुई गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच उनै दुई गोल गरेका घले घोषित भए ।

Advertisement

यस्तै विदुर नगरपालिकाको तर्फबाट दुबै गोल सन्तोष थापाले गरेका थिए । निकै प्रतिष्पर्धात्मक खेलमा दुबै टोली आक्रामक रुपमा प्रस्तुत हुँदा खेल तानवपुर्ण बनेको थियो ।

दोस्रो हाफको अन्तिम समयमा विदुरका खेलाडीहरुले रेफ्रीमाथि हातपातको प्रयास गरेपछि झण्डै आधाघण्टा खेल अवरुद्ध बनेको थियो ।

Advertisement

यस्तै खेल सकिएपछि विदुरका खेलाडीहरुले रेफ्रीमाथि हातपात गरेका थिए । रेफ्रिमाथि हातपात हुँदा ठुलो संख्यामा सशस्त्र र नेपाल प्रहरी मैदानमा परिचालन गरिएको थियो ।

प्रतियोगिताको विजेता टोलि म्यागङ गाउँपालिकाल नगद ४ लाख ४४ हजार ४ सय ४४ रुपैयाँ नगद ट्रफी र मेडल प्राप्त गरेको छ ।

यस्तै दोस्रो भएको विदुर नगरपालिकाले २ लाख २२ हजार २ सय २२ रुपैयाँ प्राप्त गर्न सफल भयो ।

प्रतियोगितामा नुवाकोटको दुई नगरपालिकासहित १० स्थानिय तहको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया