विदुर मेयर कप फुटवल : फाईनल प्रवेशको लागि म्यागङ र सुर्यगढी भिड्दै

विदुर खबर २०८० माघ २० गते ७:४१

नुवाकोट । बट्टारमा जारी विदुर मेयर कप फुटवल प्रतियोगिता अन्र्तगत आज सेमिफाईनको खेल हुने छ ।

Advertisement

नुवाकोट आर्दश बुहुमुखी क्याम्पसको खेल मैदान बट्टारमा विहान ११ ः ३० बजे हुने पहिलो सेमिफाईनलमा म्यागङ गाउँपालिकाले सुर्यगढी गाउँपालिकासँग फाईनल प्रवेश गर्न प्रतिष्पर्धा गर्ने छ ।

सुर्यगढी गाउँपालिका समुह ए को शिर्ष स्थानमा रहदै सेमिफाईनल प्रवेश गरेको हो भने म्यागङ गाउँपालिका समुह सि को शीर्ष स्थानमा रहदै सेमिफाइनल प्रवेश गरेको हो ।

Advertisement

यस्तै आजै हुने दोस्रो सेमिफाइनलमा शिवपुरी गाउँपालिका र विदुर नगरपालिकाविच प्रतिष्पर्धा हुने छ । खेल दिउँसो २ ः३० बजे हुने आयोजक विदुर नुवाकोट फुटवल संघले जानकारी दिएको छ ।

शिवपुरी गाउँपालिका समुह बि को शिर्ष स्थानमा रहदै सेमिफाईल प्रवेश गरेको हो भने विदुर सबै समुहमध्येबाट उत्कृष्ट उप–विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो ।

Advertisement

यसअघि शुक्रवार सेमिफाईनल हुने भनिएपनि प्राविधिक कारणले खेल स्थगित भएको थियो ।

प्रतिक्रिया