प्रकाशित समाचारप्रति ककनी गाउँपालिकाको ध्यानाकर्षण
नुवाकोट । नुवाकोटको ककनी गाउँपालिकाले एक संचारमाध्यममा प्रकाशित समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
विहिवार ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ र निमित्त प्रमुख प्रशासकिय अधिकृत ऋषि अधिकारीले संयुत्त रुपमा एक विज्ञप्ती सार्वजनिक गर्दै केही सचारमाध्ययमा प्रकासित समाचारमा सत्यता नरहेको बताएका हुन् ।
ककनी गाउँपालिकाको बारेमा प्रकाशन भएको समाचार प्रति हाम्रो गम्भीर ध्यानाकार्षण भएको छ । उक्त अनलाईन मिडियामा प्रकाशित कमिसन नमिलेर ठेक्का रद्द गरिएको भन्ने विषयमा गत आथिएक वर्ष २०७९÷८० मा ककनी गाउँपालिकाको वडा नं २ को काउले चित्रे कुले गैरीखर्क मोटरबाटोलाई कालोपत्रे भन्ने बाटोको नामबाट कुनै आयोजना नभएको गाउँपालिका अध्यक्ष तामाङले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
वडा नम्बर २ मा सडक कालोपत्रे गर्नको लागि विशेष गाउँसभाबाट ५३ लाख स्वीकृत भई लागत ईष्टमेट भ्याट सहित ५१ लाख ४६ हजार ५ सय ८० रुपैयाँको विद्युतिय टेण्डर आह्वान गरिएको थियो । उक्त टेण्डरमा डि.जि प्रकाश कन्स्ट्रक्शनको भ्याटसहित ५१ लाख ५७ हजार ८ सय ६ रुपैयाँको लागत ईष्टमेट भन्दा वढी ११ हजार २ २६ रुपैयाँ कवोल गरेकोले गाउँपालिकाले सार्वजनिक खरिद ऐन २०६३ को दफा २६ को १ को ख अनुुुसार अस्वीकृत गरिएको गाउँपालिका अध्यक्ष तामाङले विदुर खबरलाई जानकारी दिए ।
सो टेण्डर रद्द भए पश्चात उक्त सडकका लागि संघीय सरकारसंग समपुरक अनुदानमा वजेट विनियोजन गरी उक्त सडकलाई नै स्तरोन्नती गर्ने कार्य निरन्तर भईरहेको गाउँपालिकाले जनाएको छ ।
यस्तै गाउँपालिका अन्तरगत रहेका विद्यालयहरुको व्यवस्थापन गर्दा गाउँ शिक्षा समितिको सिफारिसमा कार्यपालिकाको वैठकको निर्णय अनुसार विद्यालय मर्ज, शिक्षक सरुवा र पदस्थापना भएको छ । यसमा कोही कसैलाई पक्षपात र भेदभाव नगरिएको समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।
गाउँपालिकाको गाउँसभा २०८० साल पौष २६ गते वस्ने निर्णय भएकोमा उपभोक्ता समितिहरुलाई योजना सम्झौता गर्ने म्याद थप्नका निम्ति वडाध्यक्षहरुकै अनुरोधमा पौष २५ गते सम्म म्याद थपिएको कारण पौष २६ गते नै उक्त सभा गर्न तयारी नपुगेर स्थगित गरिएको अध्यक्ष तामाङले जानकारी दिए ।
यस्तै औषधि खरिद सम्बन्धमा गाउँपालिकाको सबै वडा अन्तर्गतको स्वास्थ्य चौकीहरुमा प्रयोग हुने औषधिजन्य सामाग्रीहरु खरिद सार्वजनिक खरिद ऐन २०६३ बमोजिम विद्युतिय टेण्डर मार्फत खरिद गरिएको उनको भनाई । औधषीको उक्त विद्युतिय टेन्डरको लागि मिति २०८०।०४।२४ गतेको कार्यपालिको निर्णय बमोजम नै भएको र सार्वजनिक खरिद ऐन २०६३ बमोजिम र नेपाल सरकार स्वास्थ्य सेवा विभागको मापदण्ड बमोजिमका औषधिहरु मात्र माग गरिएको हो ।
जसमा ४ वटा फर्मले बिड गरेकोमा सार्वजनिक खरिद ऐन २०६३ मा व्यवस्था भएबमोजिम सबैभन्दा कम रकम कबोल छनौट गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष तामाङले जनताको सेवा प्रवाह तथा विकास निर्माणको कार्यबाट अतालिदैं आएका केही व्यक्ति तथा संस्थाहरुबाट नियमित रुपमा आम जनताहरुमा भ्रम फैलाउने काम भइरहेको भन्दै सचेत रहन समेत सबैलाई आग्रह गरेका छन् ।
यस्तो छ ककनी गाउँपालिकाले जारी गरेको बिज्ञप्ती ।

- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया