बदलिँदो मौसममा बच्चालाई हुने स्वास्थ्य समस्यामा अपनाउनुपर्ने होसियारी

विदुर खबर २०७५ असोज १२ गते ३:२९

अहिलेको मौसममा बच्चाहरु हप्तै पिच्छेजसो बिरामी परिरहन्छन् । बच्चाहरुलाई यो मौसममा कहिले ज्वरो आउने, खोकी लाग्ने, जिउ दुख्ने, खाना मन नगर्ने जस्ता समस्याले अभिभावकलाई हैरान हुन्छन्।

Advertisement

अहिले धेरै बच्चाहरु बिरामी परिराख्नुको मुख्य कारण भनेको मौसम परिवर्तन हो। बच्चामा रोगसँग लड्न सक्ने क्षमतामा कमी हुने हुनाले बच्चाहरुलाई छिटो भाइरसले समात्ने गर्छ र  धेरै बिरामी पर्ने गर्दछन्। यो मौसम परिवर्तन हुने समय भएकाले बच्चाहरुमा रुघाखोकी लाग्ने, शरीर दुख्ने ,झाडा–पखाला लाग्ने, घाँटी दुख्ने जस्ता समस्याहरु देखा पर्र्नु सामान्य हो।मौसम परिवर्तन हुँदा शरीरको हार्मोन र रोगसँग लड्न सक्ने क्षमतामा कमी आउने हुँदा यस्ता समस्या देखिने गर्छन्।

असोज महिना लागिसक्यो र अब बिस्तारै जाडो मौसम सुरु हुने बेला भइसकेको छ । अहिले खासै गर्मी पनि छैन र जाडो पनि छैन । यस्तो मौसममा शरीरको हार्मोन र रोगप्रतिरोधात्मक क्षमताको तालमेल नहुँदा भाइरसले समात्ने गर्छ । जसमा सबैभन्दा पीडित हुने भनेका बालबालिका हुन्। नीहरुलाई भाइरसले छिटो समात्छ । अलि ठूला बच्चाहरुलाई त्यस्ता समस्याले दुःख दिँदा बाआमालाई भन्न सक्छन् तर बोली नफुटेका साना बच्चाहरु अर्थात् एक वर्ष भन्दा मुनिका बच्चाहरुले भन्न सक्दैनन् । उनीहरु झन्झट मान्ने, सुत्न नमान्ने, दूध नखाने, सास फेर्न गाह्रो हुने आदि लक्ष्ण देखिन्छन्। यो मौसममा भाइरलले दुःख दिनुको मुख्य कारण भनेको बिहान र बेलुका मौसम चिसो हुन्छ   तर दिउँसोको समयमा गर्मी हुन्छ जसले गर्दा शरीरबाट उत्पन्न हुने  हार्मोन र रोगसँग लड्न सक्ने क्षमतापनि परिवर्तन भैराख्ने हुनाले बच्चाहरु बढी बिरामी हुन्छन्। यो मौसममा बच्चाको हेरचाहमा ध्यान दिइएन भने बच्चालाई निमोनिया समेत हुन सक्छ।

Advertisement

मौसममा लाग्ने भाइरस कडा हुने भएकाले निको हुन एक हप्तासम्म लाग्ने गर्छ । त्यसैले औषधी खुवाए वा नुखवाएपनि घरेलु औषधि जस्तै नुनपानी, तुलसीको पत्ता, अदुवा, बेसार पकाएर खुवाउन सकिन्छ । यसले स्वास्थ्यमा निकै फाइदा पुग्ने गर्छ । तात्तातो झोलपदार्थ खुवाउनाले पनि फाइदा पुग्छ। हामीले भाइरसको संक्रमण हुन नदिन बच्चालाई दिनको एउटा अण्डा खुवाउने गर्नुपर्छ । साथमा दैनिक फलफुल तथा ताजा खानेकुरा खुवाउनु पर्छ । यसो गर्दा बच्चामा रोगसँग लड्न सक्ने क्षमतामा विकास हुन्छ।  बच्चालाई तातो लुगा लगाइदिने गर्नुपर्छ । बेलुका सुत्ने बेलामा तातो दूध वा पानी खुवाएर सुताउने गर्नुपर्छ र बिहान उठेपछि पनि तातो दूध वा पानी खुवाउनुपर्छ । बच्चालाई तातो तेलले मालिस गर्नुपर्छ जसले गर्दा शरीरको रक्तसञ्चार राम्ररी संचालन भएर रोगसँग लड्न सक्ने शक्तिको विकास हुन्छ।

यस्तो अवस्थामा यदि बच्चा स्कुल जाने उमेरका छन् भने घरमा नै आराम गर्न लगाउनु पर्छ । यस्तो भाइरसको संक्रमण नहोस् भनेर हामीले रुघा खोकी लागेका मानिससँग नजिक जान दिनु हुँदैन । परिवारमा कसैलाई रुघा लागेको छ भने टाढै बस्नुपर्छ । राति सुत्दा बच्चा सँगसँगै सुत्नु हुँदैन । जहिले पनि बाहिरबाट आएपछि हातखुटा धुने  बानी बसाल्नु पर्छ  र खानाखानु भन्दा अगाडी हात धोएरमात्र मौसमी भाइरसबाट आफ्ना बच्चाहरलाई जोगाउन सक्छौँ। सुवेदी एशियन कलेज फर एडभान्स स्टडिज सातदोबाटोमा चाइल्ड हेल्थ नर्सिङ अध्यापन गराइरहेकी छिन्।

Advertisement

प्रतिक्रिया