विदुर मेयर कप फुटवल : तादीमाथि विदुरको शानदार जित

विदुर खबर २०८० माघ १७ गते १७:३४

नुवाकोट । विदुर नगरपालिकाले बट्टारमा जारी विदुर मेयर कप फुटवल प्रतियोगितामा जित हासिल गरेको छ ।

Advertisement

बुधवार समुहको आफ्नो अन्तिम खेलमा विदुर नगरपालिकाले तादी गाउँपालिकालाई २—१ गोल अन्तरले पराजित गरेको हो । विदुर नगरपालिकालाई विजयी गराउन दुबै गोल आकास रानामगरले गरेका थिए । त्यस्तै तादी गाउँपालिकाको तर्फबाट सुमन तामाङले एक गोल फर्काएका थिए ।

खेलको म्यान अफ दि म्याच विदुर नगरपालिकाका आकाश रानामगर घोषित भए । उनले नगद दुईहजार रुपैयाँ हात पारे । आजको जितसँगै विदुर नगरपालिकाको सेमिफाइनल प्रवेशको संभावना अंकगणीतिय हिसावले मात्र छ । विदुर सेमिफाइनल पुग्नको लागि भोलि हुने तारकेश्वर र ककनीको खेलको समिकरण अनुकुल हुुनुपर्नै छ ।

Advertisement

यस्तै आजको हारसँगै तादी गाउँपालिका प्रतियोगिताबाट वाहिरिएको छ ।

प्रतियोगितामा नुवाकोटका दुई नगरपालिका र ८ गाउँपालिकासहित १० टोलिले सहभागिता जनाएका छन् । प्रतियोगिता यहि माघ २० गतेसम्म संचालन हुने छ ।

Advertisement

प्रतियोगिताको बिजेताले ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ र उपबिजेताले २ लाख २ हजार २ सय २२ रुपैयाँ पुरस्कार पाउने आयोकजक विदुर नगरपालिकाले जनाएको छ ।

 

प्रतिक्रिया