विदुर मेयर कप फुटवल : विदुरलाई जित्नैपर्नै दबाब

विदुर खबर २०८० माघ १७ गते १०:००

नुवाकोट । नुवाकोटको बट्टारमा जारी विदुर मेयर कप फुटवल प्रतियोगिता अन्र्तगत आज आज हुने दोस्रो खेलमा विदुर नगरपालिका र तादी गाउँपालिकाबिच प्रतिष्पर्धा हुने छ ।

Advertisement

नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदान बट्टारमा दिउँसो ३ बजे हुने खेलमा समुह ए मा रहेको विदुर नगरपालिका र तादी गाउँपालिकाबीच प्रतिष्पर्धा हुने छ । सेमिफाइनल प्रवेशको अंकगणितय संभावना कायम राख्न विदुर र तादी दुबैलाई जित वाहेक अरु कुनै विकल्प रहने छैन ।

पहिलो खेलमा म्यागङ गाउँपालिकासँग पराजित दुबै टोली आज जितको खोजीमा हुने छ । तीन समुह रहेको यस प्रतियोगितामा प्रत्यके समुहबाट शीर्ष स्थानमा रहने टोली सेमिफाइनलमा जाने छन भने उत्कृष्ट एक उपविजेता पनि सेमिफाइनल प्रवेश गर्ने भएकोले दुबै टोली सेमिफाइनल प्रवेशको लागि जित्नैपर्ने दवावमा छन् ।

Advertisement

समुह सि मा दुई खेल खेलेको म्यागङ गाउँपालिका ६ अंकको साथ शिर्र्ष स्थानमा रहदै सेमिफाइनल प्रवेश गरिसकेको छ भने विदुर र तादी गाउँपालिका एक खेल खेल्दै अंक विहिन छन् ।

प्रतियोगितामा नुवाकोटको दुई नगरपालिका र ८ गाउँपालिका सहित १० टोलीको सहभागिता रहेको छ ।

Advertisement

प्रतियोगिताको बिजेताले ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ र उपबिजेताले २ लाख २ हजार २ सय २२ रुपैयाँ पुरस्कार पाउने आयोकजक विदुर नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया