नुवाकोट महोत्सवको उद्घाटन प्रधानमन्त्री प्रचण्डले गर्ने
नुवाकोट । आठौँ नुवाकोट महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएका छन् ।
नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ४ विदुरमा हुन लागेको महोत्सवको उद्घाटन प्रधानमन्त्री गर्ने निश्चित भएको नुवाकोट उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेतीले विदुर खबरलाई जानकारी दिए ।
यसअघि महोत्सवको लागि प्रधानमन्त्री पुष्पकमल दाहाललाई निम्तो दिन नुवाकोट उद्योग वाणिज्य संघका पदाधिकारीहरुसहित सांसदको टोली आईतवार प्रधानमन्त्री निवास पुगेको थियो ।
आठौँ नुवाकोट महोत्सव यहि माघ २६ गतेदेखि फागुन ७ गतेसम्म हुने आयोजक नुवाकोट उद्योग वाणिज्य संघले जनाएको छ ।
महोत्सवमा दुईयि ५० भन्दा बढी स्टल रहने नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
महोत्सवको प्रचार–प्रसार विभिन्न माध्यमबाट तीव्र रूपले भइरहेको संघका महासचिव उपेन्द्र बढाथोकीले जानकारी दिए । महोत्सवको तुल–ब्यानर जिल्लाभरि राख्ने काम भइसकेको, विदुर, बट्टारमा स्वागत गेट बनाइसकेको, माघ २० देखि जिल्लाभर महोत्सवको जानकारी दिने गरी माइकिङ गरिने उनको भनाइ छ ।
विगतको भन्दा मितव्ययी ढङ्गले महोत्सव सम्पन्न गर्ने तयारीमा सङ्घ रहेको छ । महोत्सवमा लगभग एक करोड आम्दानी र एक करोड नै खर्च गर्ने योजना बनाएर सङ्घ क्रियाशील भइरहेको सङ्घका कोषाध्यक्ष एवम् महोत्सवको प्रायोजक÷प्रवद्र्धक व्यवस्थापन समितिका संयोजक मेघनाथ घिमिरेले जानकारी दिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया