नुवाकोटको डाडाँगाउँमा काठमाडौंको बिजुली
नुवाकोट । नुवाकोट जिल्लाको ककनी गाउँपालिका वडा नं. १ स्थित डाडाँगाउँमा काठमाडौं जिल्लाको बिजुली पुगेको छ ।
डाडाँगाउँ नुवाकोट जिल्लाको साविक ओखरपौवा गाविस वडा नं. ९ मा पर्छ । भुगोलको हिसाबले खोलापारी रहेको भू-भाग काठमाडौं हो । काठमाडौंको भूभाग बिचमा रहेको झण्डै ४० घरदुरी रहेको डाडाँगाउँ मात्रै नुवाकोट हो ।
लामो समयदेखि नुवाकोटबाट बिजुली पुराएपनि भू-भागका हिसाबले समस्या हुँदै आएको थियो । ४० घरदुरीलाई नुवाकोटबाट थ्रि फेज लाईन पुराउन मुस्किल भईरहेको थियो । घरायसी प्रयोजनको लागि लाईन तानेर डाडाँगाउँ पुराए पनि लोड पर्ने खालको लागि बत्ति नपुगे पछि डाडाँगाउँले हरेक निर्वाचनमा यसलाई मूख्य विषय बनाउँदै आएको थियो ।
गएको निर्वाचनमा नेकपा एमालेको तर्फबाट नुवाकोट क्षेत्र नं. १ प्रदेश सभा २ बाट उम्मेद्वार रहेका पूर्णलाल श्रेष्ठले आफ्नो पहलमा डाडाँगाउँमा काठमाडौंको बिजुली पुराएको हो ।
गाउँका केही व्यक्तिहरुसँग निरन्तर छलफल गरि नेता श्रेष्ठ आफै नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा उपस्थित भई निवेदन दिए पछि लगातारको अन्तरसंवाद र ताकेता पछि डाडाँगाउँमा पोलको काम शुरु भएको थियो । विद्युत प्राधिकरणले डाडाँगाउँको लागि छुट्टै ट्रान्सफरमर जडान गरेको छ ।
अहिले डाडाँगाउँबासीको घर–घरमा काठमाडौंको बिजुली बल्न थालेको छ । गाउँका काठमाडौंको ३ फेज लाईन सहितको बिजुली आईपुगेपछि स्थानीयले नेकपा एमालेका बागती प्रदेश कमिटी सदस्य पूर्णलाल श्रेष्ठलाई गाउँमै बोलाएर धन्यवाद ज्ञापन गरेको हो ।
यहि क्रममा श्रेष्ठले आफुले गठबन्धनका कारण निर्वाचनमा हार व्यहोर्नु परेपनि निरन्तर जनताको साथमा रहेर काम गरिरहेको बताए । यस अघि ककनी ४ मा रहेको विद्यालयमा जापानीज संस्थाको सहकार्यमा विभिन्न कक्षाहरु संचालन समेत आफ्नै पहलमा गरेको श्रेष्ठले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु





प्रतिक्रिया