त्रिशुली कलेजले गर्ने दशै महोत्सव विवादमा,महोत्सव विरुद्ध व्यवसायी

विदुर खबर २०७५ असोज ११ गते १४:४२

Advertisement

नुवाकोट असोज ११, त्रिभुवन त्रिशुली उच्च माध्यामिक विद्यालयले आगामी असोज २२ गतेदेखि ३० गतेसम्म इञ्जिनीयरिङ क्याम्पस सञ्चालन गर्ने उद्देश्यले गर्न लागेको दशै महोत्सव विवादमा परेको छ । महोत्सवले आफुहरुको व्यापारमा असर गर्ने भन्दै व्यवसायीहरु महोत्सवको विरुद्ध आन्दोलनमा उत्रिएका हुन ।

नुवाकोटकै सबैभन्दा पुरानो विद्यालयल त्रिभुवन त्रिशूली माविले महोत्सव आयोजना गर्ने तयारी थालेसँगै बिहिबार बट्टार बजारका व्यवसायीले त्यसको विरोध गर्दै महोत्सव कुनैपनि हालतमा रोक्न विदुर नगरपमलिका, जिल्ला प्रशासन कार्यलय, जिल्ला प्रहरी कार्यलय र नुवाकोट उद्योग वाणिज्य संघसँग माग गरेका छन । ज्ञापनपत्र बुझ्दै नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्धववहादुर थापा र विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले आफुले सबैसँग छलफल गरेर अघि बढ्ने बताए ।

Advertisement

व्यवसायीले दशै महोत्सव विद्यालयको नाममा अरुले गर्न लागेको र त्यसले आफुहरुको व्यवसाय धरापमा पर्ने भन्दै महोत्सव हुन नदिने बताएका हुन । तर विद्यालयले भने डिप्लोमा इन सिभिल इञ्जिनीयरिङ सञ्चालन गर्ने उद्देश्य लिएर महोत्सव आयोजना गर्न लागेका बताएको छ । नुवाकोट एद्योग वाणिज्य संघको भवनमा पत्रकार सम्मेलन गर्दै व्यापारीहरुले कुनैपनि हालतमा महोत्सव गर्न नदिने र गरेका पसल बन्द गरेर सडकमा उत्रिने बताए । त्यस्तै नुवाकोट एद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले आफु पनि व्यवसायीहरुको हितमा रहेको भन्दै व्यवसायीको हितमा रहेर काम गर्ने र केही सिमित व्यत्तिको स्वार्थमा हुन लागेको महोत्सव रोकिनुपर्ने बताए ।

तर त्रिभुवन त्रिशुली उच्च माध्यामिक विद्यालयले आफुहरुलाई सिभिल इन्जिनियरको पढाई सुरु गर्न धेरै रकम लाग्ने भएकोले आफुहरुले महोत्सव गर्न लागेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नविन्द्रमान प्रधानले बताए ।

Advertisement

प्रतिक्रिया